वनमन्त्री ठकुरीसँग अमेरिकी राजदूत थम्प्सनको भेट | Khabarhub Khabarhub

वनमन्त्री ठकुरीसँग अमेरिकी राजदूत थम्प्सनको भेट


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटवार्ता नेपाल र अमेरिकाबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटमा मन्त्री ठकुरीले अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसआइडी)ले विगत सात दशकदेखि नेपालको विकासको प्रमुख सहयोग रहँदै आएकामा राजदूतलाई धन्यवाद दिएका थिए  ।

मन्त्री शाहीले भने, ‘नेपालको आर्थिक सामाजिक वातावरणीय तथा शासकीय विकासमा अमेरिकी सरकारले खेलेको भूमिकाप्रति आभारी छु ।’ नेपालका हालैका दिनमा एमसिसीलगायत विभिन्न परियोजनामार्फत पूर्वाधार विकासमा अमेरिकी सरकारको महत्त्वपूर्ण सहयोग रहँदै आएको मन्त्री ठकुरीले बताए ।

उनले नेपालमा शिक्षा क्षेत्रमा विकास, सार्वजनिक स्वास्थ्य सुधार कार्यक्रमका माध्यमबाट जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरण वन तथा जैविक विविधता संरक्षण वन्यजन्तु संरक्षण भूकम्पपछिको पुनः निर्माणलगायत विभिन्न क्षेत्रमा अमेरिकाको सहयोग रहेको बताए ।

सो अवसरमा राजदूत थम्प्सनले वन मन्त्रालयको आगामी कार्ययोजना तथा समस्या र समाधानका उपायबारे जानकारी लिएका थिए ।

साथै उनले युएसआइडीमार्फत नेपालको पर्यटन उद्योगमा काम गर्ने चाहना रहेको र नेपाल सरकार जलवायु परिवर्तन क्षेत्रमा केन्द्रित रहँदा खुसी लागेको बताएका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ५ : ३४ बजे

सहकारीसम्बन्धी समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं – मन्त्रिपरिषद्को बैठकले सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिले तयार

ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं– आईसीसी विश्वकप लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले

कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा

काठमाडौं – सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठित

खरिद बिल नदेखाउने फर्मलाई जरिवाना

वीरगञ्ज – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साको नेतृत्वमा

स्वास्थ्य व्यवस्थित गर्ने उपयुक्त माध्यम बीमा : मन्त्री पौडेल

पाटन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई सुधार गरेर