पर्यटनमन्त्री पाण्डेले सोधे वायुसेवा निगमका अध्यक्षलाई ११ बुँदे स्पष्टीकरण | Khabarhub Khabarhub

पर्यटनमन्त्री पाण्डेले सोधे वायुसेवा निगमका अध्यक्षलाई ११ बुँदे स्पष्टीकरण


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई ७ दिने स्पष्टीकरण सोधेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार सेवा अवरुद्ध हुने गरी एकै पटक दुई वटै वाइडवडी जहाज सी-चेकका लागि पठाइएको सम्बन्धमा पर्यटनमन्त्री बद्री पाण्डेले ७ दिने अल्टिमेटमसहित स्पष्टीकरण सोधेका हुन् ।

अध्यक्ष अधिकारीलाई मन्त्रालयले ११ वटा प्रश्नको वस्तुगत आधार, कारण र प्रमाणसहित ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न आग्रह गरेको छ ।

अध्यक्ष अधिकारीलाई सोधिएका ११ प्रश्न

१. निगमका जहाजहरूको मर्मत तथा सी-चेकको कार्य नियमित एवं पूर्वानुमानयोग्य कार्य भएको हुँदा सी-चेकमा पठाउँदा सेवा अवरुद्ध नहुने गरी वैकल्पिक व्यवस्था र सेवा निरन्तरताको सुनिश्चितता हुने गरी गर्नुपर्नेमा पर्याप्त समय अगाडि खरिद प्रक्रिया नसक्नुको कारण सी-चेकको समयावधि थप माग्ने तथा सेवा अवरुद्ध हुने गरी एकै पटक दुवै वटै वाइडवडी जहाज सी-चेकका लागि पठाइको सम्बन्धमा

२. जहाजको प्राविधिक परीक्षण, पार्टपुर्जा खरिद भवन मर्मत कार्य गराउँदा स्वच्छ प्रतिस्पर्धा, पारदर्शीता तथा गुणस्तरीयता हुने गरी गर्नु/गराउनुपर्ने हुन्छ । नेपाल वायुसेवा निगमका हरेक जसो मर्मत सम्भार तथा पार्टपुर्जा खरिदमा व्यापक उजुरी/गुनासो आउने गरेका छन् । यसै सन्दर्भमा जहाजको सी-चेकको लागि छनौट गर्दा के कति कारणबाट समयमा नै कार्य सम्पन्न गर्न नसक्ने कम्पनीको छनोट गरिएको हो ? यसबाट निगमलाई पुग्न गएको अपूरणीय क्षतिको जिम्मेवारी तपाईँले किन वहन गर्नु नपर्ने हो ?

३. सि-चेक कार्यको लागि वायु सेवा निगमका प्राविधिक प्रतिनिधिहरू पठाउँदा आवश्यक भिसा अवधि बाँकी रहेको यकिन गरेर पठाउनुपर्ने सामान्य विषय हो । जहाजको सी-चेकको लागि भिसा अवधि सकिन लागेका प्राविधिक टोली पठाउनु र निजहरुलाई बीचमै फिर्ता बोलाई पुनः अर्को टोली पठाउनु भन्दा संस्थागत स्मरण, कार्य प्रगतिको जानकारी एवम् लागतको दृष्टिकोणले समेत निजहरूकै भिसा नवीकरण गरी निरन्तरता दिनु उपयुक्त हुनेमा त्यसो नगरी लापरबाहीपूर्वक निगमलाई अतिरिक्त वित्तीय दायित्व सिर्जना हुने गरी टोली पठाउनु पर्नुको कारण ।

४. नियमित सी-चेक गराउनुपर्ने अवस्थाको जहाजलाई थप उडान समयावधि माग गराउनुपर्ने अवस्थासम्म पुर्‍याई राष्ट्रिय ध्वजावाहक निगमको नियमित र सुरक्षित उडान प्रतिको विश्वसनीयतामा गम्भीर आँच पुर्‍याउनुको कारण ।

५. नेपालमा पर्यटक आवागमनको प्रमुख समय तथा नेपालीहरूको महत्त्वपूर्ण चाडपर्वको सम्मुखमा जहाजहरू पूर्ण क्षमतामा सञ्चालन हुने तथा व्यावसायिक मुनाफा समेत प्राप्त हुने हुँदा रणनीतिक योजना एवं कार्यतालिका बनाई पूर्व तयारीका साथ कार्य गर्नुपर्नेमा सो नगरी जहाजहरू ग्राउन्ड गर्दा निगमलाई पुग्न गएको अपूरणीय वित्तीय घाटा एवं निगमको साखमा पर्न गएको क्षतिको सम्बन्धमा ।

६. समयबद्ध उडान नगरेबापत निगमलाई विभिन्न समयमा विभिन्न देशमा जरिवाना समेत भएको विषयमा हालसम्म कति पटक कति जरिवाना भएको छ ? सोको विवरण र त्यसको कारण ।

७. गत वर्ष निगमको दुबई स्टेसनका कर्मचारीले बैंक खाता विवरणबारे सामान्य जाँचबुझसमेत नगरी ह्याकरबाट ई-मेलमार्फत आएको विवरणअनुसार रकम भुक्तानी गरिदिँदा निगमले ठूलो मात्रामा (करिब २ करोड) नोक्सानी बेहोर्नुपरेको भन्ने विषयमा ।

८. निगमको चल-अचल सम्पत्तिको यकिन गरी संरक्षण गर्ने कार्यमा कुशल व्यवस्थापन गर्न नसक्नुको कारण ।

९. निगमलाई व्यावसायिक रूपमा सञ्चालन गरी नाफामा लैजानुपर्नेमा सो नगरी निगमले लिएको ऋणको साँवा व्याज समेत तिर्न नसकी हाल निगमको ऋण वि.सं. २०८० चैत्र मसान्त सम्ममा करिब ५१ अर्ब २६ करोड पुगेको र समयमै सावा व्याज भुक्तानी नहुँदा निगमलाई थप वित्तीय दायित्व सृजना हुनुमा तपाईँको जिम्मेवारी सम्बन्धमा ।

१०. नेपाल वायुसेवा निगमले अस्ट्रेलियाको सिड्नीमा व्यावसायिक उडानको लागि Foreign AOC समेत प्राप्त नगर्दै कर्मचारीहरू खटाई वित्तीय व्ययभार वृद्धि गरिनुमा तपाईँको जिम्मेवारी सम्बन्धमा ।

११. ट्विनअटर जहाजहरू नियमित उडान सञ्चालनमा नल्याई निगमको आन्तरिक बजार हिस्सा अत्यन्त न्यून (०.३ प्रतिशत) बनाई निगमको साख गिराउनुको कारण ।

 

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ७ : ३३ बजे

निर्णायक राष्ट्रिय शक्ति निर्माणमा कटिबद्ध हुनुहोस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी

पहिरोले बाटो भत्किँदा विद्यालय बन्द, पठनपाठन प्रभावित

सिमकोट–  हुम्लाको सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको बलभद्र निम्न माध्यामिक

दाउरा संकलन गर्ने क्रममा महाकालीमा दुई किशोर बगे, एक जनाको शव भेटियो, एक बेपत्ता 

बेदकोट– कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा दुई किशोर बगेका

चारबुँदे सहमतिपछि अध्यक्ष यादवले अनशन तोडे

नवलपरासी – प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले अनशन तोडेका छन्

अन्तरिक्ष स्टेशनमाबाट सुनिता र बुचको पत्रकार सम्मेलन

काठमाडौं– अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र