टीआरसी विधेयक प्रमाणीकरणपछि अमेरिकासहित १० देश खुसी « Khabarhub

टीआरसी विधेयक प्रमाणीकरणपछि अमेरिकासहित १० देश खुसी


१३ भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै अमेरिकासहित १० देशले स्वागत गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले विधेयक प्रमाणीकरण गरेसँगै संयुक्त विज्ञप्ति जारी गर्दै ती देशहरूले अन्तर्राष्ट्रिय समर्थन जनाएका हुन् ।

संयुक्त राज्य अमेरिका, स्विजरल्याण्ड, अस्ट्रेलिया, संयुक्त अधिराज्य बेलायत, नर्वे, जापान, फिनल्याण्ड, युरोपियन युनियन, जर्मनी र फ्रान्सले प्रमाणीकरण भएको टीआरसी विधेयकको समर्थन गरेका हुन् ।ती देशहरूले ऐन कार्यान्वयनमा आवश्यक सहयोग गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ- ‘नेपाल सरकारले अगाडीको मार्ग पहिल्याउँदै गर्दा, हामी निम्नानुसारका हस्ताक्षरकर्ता पीडितको हितका लागि नेपाल सरकारलाई मद्दत पुर्‍याउने सम्भावित संयन्त्रहरूको खोजी गर्ने छौँ। निर्णय प्रक्रियाहरूमा पीडितको निरन्तर सहभागिताले सत्य निरूपण तथा मेलमिलाप ऐनको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्‍याउनेछ ।’

प्रकाशित मिति : १३ भदौ २०८१, बिहिबार  ७ : ४२ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको