टीआरसी विधेयक प्रमाणीकरणपछि अमेरिकासहित १० देश खुसी | Khabarhub Khabarhub

टीआरसी विधेयक प्रमाणीकरणपछि अमेरिकासहित १० देश खुसी


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै अमेरिकासहित १० देशले स्वागत गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले विधेयक प्रमाणीकरण गरेसँगै संयुक्त विज्ञप्ति जारी गर्दै ती देशहरूले अन्तर्राष्ट्रिय समर्थन जनाएका हुन् ।

संयुक्त राज्य अमेरिका, स्विजरल्याण्ड, अस्ट्रेलिया, संयुक्त अधिराज्य बेलायत, नर्वे, जापान, फिनल्याण्ड, युरोपियन युनियन, जर्मनी र फ्रान्सले प्रमाणीकरण भएको टीआरसी विधेयकको समर्थन गरेका हुन् ।ती देशहरूले ऐन कार्यान्वयनमा आवश्यक सहयोग गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ- ‘नेपाल सरकारले अगाडीको मार्ग पहिल्याउँदै गर्दा, हामी निम्नानुसारका हस्ताक्षरकर्ता पीडितको हितका लागि नेपाल सरकारलाई मद्दत पुर्‍याउने सम्भावित संयन्त्रहरूको खोजी गर्ने छौँ। निर्णय प्रक्रियाहरूमा पीडितको निरन्तर सहभागिताले सत्य निरूपण तथा मेलमिलाप ऐनको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्‍याउनेछ ।’

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ७ : ४२ बजे

सुनसरीको एक उद्योगमा आगलागी

सुनसरी – सुनसरीको दुहबी नगरपालिका–३ मा रहेको एक उद्योगमा आज

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने बाह्य उडानतर्फको इन्धनको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र

जग्गा, आवास व्यवस्था पुनरावलोन गर्न कार्यदल गठन

काठमडौं – सहरी विकास मन्त्रालयले जग्गा, आवास विकासमा देखिएका समस्या

दशैंमा पर्यटन विभाग र बोर्डले सेवा सञ्चालन गर्ने

काठमाडौं – बडा दशैंमा पर्यटकको सेवालाई मध्यनजर गरी पर्यटन विभाग

विधिपूर्वक गरियो कात्यायनी देवीको पूजा

काठमाडौं – आश्विन शुक्ल षष्ठीका दिन आज दशैं घर वा