समाचार

अर्यालको नियुक्तिपछि मुख्यसचिवको दौडमा रहेका ज्ञवालीले दिए राजीनामा

By खबरहब

August 29, 2024

काठमाडौं – राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले राजीनामा दिएका छन् ।

सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेपछि मुख्यसचिव बन्ने दौडमा रहेका ज्ञवालीले राजीनामा दिएका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेका थियो । अहिलेकी मुख्य सचिव लिलादेवी गड्तौला उमेर हदका कारण भदौ १५ गतेबाट अनिवार्य अवकाशमा जानुअघि सरकारले अर्याललाई मुख्य सचिव नियुक्त गरेको हो ।

मुख्यसचिव बन्ने दौडमा चार जना सचिव थिए । जसमध्ये ज्ञवाली बरियताको आधारमा पहिलो नम्बर थिए ।

याे पनि…

एकनारायण अर्याल मुख्य सचिव नियुक्त

एनसेललाई नवीकरण शुल्कमा किस्ता सुविधा, १० प्रतिशत ब्याज तिर्नुपर्ने

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी नियुक्त