इंग्लिस प्रिमियर लिग : पालमरको चार गोलमा चेल्सीको जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : पालमरको चार गोलमा चेल्सीको जित


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिगमा कोल पालमर ले पहिलो हाफमा नै चार गोल गर्ने कीर्तिमान कायम गरेको खेलमा चेल्सीले ब्रिङटनलाई ४–२ गोलले हराएको छ ।

पालमरको एक प्रहार बारमा लागेको थियो भने अर्को एक प्रहार रेफ्रिले अमान्य घोषित गरेका थिए । उनले १९ मिनेट भन्दा कम समयको अन्तरमा चार गोल गरेका हुन् ।

उनले खेलको २१औँ मिनेटमा पहिलो गोल गरेका थिए । यस्तै, २८औँ मिनेटमा जोर्डन सान्चोलाई लडाएपछि पालमरले पेनाल्टीमा अर्को गोल गरेका थिए । ३१औँ मिनेटमा २५ यार्ड टाढाबाट फ्रिकिकमा गोल गर्दै उनले अर्को सफलता दिलाए ।

सान्चोको पासमा उनले ४१औँ मिनेटमा अर्को गोल गरे । खेलको सातौँ मिनेटमा जियोर्जिनो रुटले एकल प्रयासमा गोल गर्दै ब्रिङटनलाई अग्रता दिलाएका थिए । यसै गरी ३४औँ मिनेटमा बालेबाले अर्को गोल गरे ।

यता, आर्सनलले इन्जुरी समयमा २ गोल गर्दै लेस्टर सिटीलाई ४–२ गोलले हरायो । लेस्टर सिटीका विलफ्रेड निडीले ९४औँ मिनेटमा आत्मघाती गोल गरे भने ९९औँ मिनेटमा काइ हार्भट्जले अर्को गोल गरे ।

यस अघि पहिलो हाफमा नै २ गोलले पछि परेको लेस्टर दोस्रो हाफमा कमब्याक गर्दै बराबरीको नजिक पुगेको थियो । पहिलो हाफमा गाब्रियल मार्टिनेलीले पहिलो गोल गरे भने उनकै पासमा लेन्ड्रो ट्रोसार्डले दोस्रो गोलको अग्रता दिलाए । दोस्रो हाफमा लेस्टर सिटीका लागि जेम्स जस्टिनले दुवै गोल गरे ।

शनिवारको खेल सकिँदा  लिभरपुलले अग्रता कायम गरेको छ । ६ खेल खेलेको  लिभरपुलको १५ तथा म्यानचेस्टर सिटी र आर्सनलको समान १४ अङ्क छ । यसै गरी चेल्सीको १३ अङ्क छ ।

पाँचौँ चरण सकिँदा अग्रता कायम गरेको म्यानचेस्टर सिटी भने छैटौँ चरणमा न्युक्यासलसँगको खेलमा १–१ गोलको बराबरीमा रोकियो । सिटीका रक्षक जास्को गार्भाडिलले ३५औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । ५८औँ मिनेटमा एडरसनले फल गरे पछि पाएको पेनाल्टीलाई गोर्डानले उपयोग गरेपछि न्युक्यासलले बराबरी गरेको हो ।

लिभरपुललाई तालिकाको शीर्ष स्थानमा लैजाने क्रममा मोहम्मद सलाहाले ६१औँ मिनेटमा पेनाल्टी मार्फत विजयी गोल गरे  । सोही गोलले लिभरपुलले उल्भ्ससँगको अवे खेलमा २–१ को जीत हात पारेको हो ।

यसअघि इब्राहिमा कोनाटेले यस सिजनमा पहिलो प्रिमियरसिप गोल गरेपछि लिभरपुलले पहिलो हाफमा इन्जुरी समयमा गोल गरेको थियो । ५६औँ मिनेटमा आर्सनलका रायट आयाट नाउरीले गोल गरे ।

शनिवार भएको अन्य खेलमा ब्रेन्टफोर्डवेस्टह्याबीच १–१ गोलको बराबरी भयो भने एभर्टनले क्रिस्टल प्यालेसलाई २–१ ले हरायो । फुल्हमले नटिङघम फरेस्टसँगको खेलमा १–० को जित हात पार्न सफल भयो । 

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ६ : ५७ बजे

राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त

काठमाडौं– राष्ट्रप्रति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान

व्यवसायी शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न आदेश

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई

सुनसरी घटनाका घाइते भेट्न पुगिन् स्वास्थ्यमन्त्री (तस्बिरहरू)

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सुनसरीको कप्तानगञ्जमा भएको दोहोरो

कर्णालीको मुख्यमन्त्री पदमा नेकपाका शाही नियुक्त

कर्णाली– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाही