आज २०८१ साल असोज १३ गते आइतबारको राशिफल « Khabarhub

आज २०८१ साल असोज १३ गते आइतबारको राशिफल


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज २०८१ साल असोज १३ गते आइतबार तदनुसार सन् २०२४ सेप्टेम्बर २९ तारिख । असोज कृष्ण पक्षको द्वादशी तिथि । द्वादशी श्राद्ध । विश्व मुटु दिवस । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । कानुनको क्षेत्रमा लगानी गरेको भए राम्रो आम्दानी होला । परिवारसँगको साथमा दिन रमाइलोसँग बित्नेछ । नजिकका आफन्तजनको साथ मिल्ने योग छ ।

वृष : आज राजनीतिमा नलाग्नु राम्रो हुनेछ । साथी र संगठन कमजोर भएकाले यो क्षेत्रमा घाटा हुने जोखिम छ आम्दानीको स्रोत बलियो भए पनि बोलीका कारण संकटमा पर्ने खतरा देखिन्छ । परिवारसँगको सम्बन्धमा भने खटपटी बढ्नेछ ।

मिथुन : आज तपाईंले आफूले आफूलाई कमजोर भएको अनुभूत गर्नुहुनेछ । सामाजिक र राजनीतिक क्षेत्रमा संगठनले सताउने छन् । एकोहोरो मायाले मात्रा काम नगर्ने भएकाले प्रेम सम्बन्धमा सचेत बन्नु राम्रो हुनेछ ।

कर्कट : सामान्य लगानीको प्रयासबाट राम्रो प्रगति हुनेछ । स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट सफलता मिल्नेछ । विपक्षीबाट सचेत भएर अगाडि बढ्नु राम्रो हुनेछ । परिवारसँगको सम्बन्ध सहज र शान्त बन्नेछ ।

सिंह : शुभ ग्रहको बुहमत भएकाले तपाईंको प्रतिभाको प्रशंसा हुनेछ । सम्पत्ति फेला परे पनि व्यवहारका कारण संकट आइपर्ने खतरा छ । आफन्तसँग व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ । परिवारसँग भएको सल्लाह अनुसार काम गरेमा फाइदा होला ।

कन्या : घमण्ड त्याग्न सके सफलता मिल्नेछ । निजी क्षेत्रमा गरेको लगानीबाट ठुलो प्रगति हुने देखिन्छ । परिवारले तपाईंको कामको प्रशंसा गर्ने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

तुला : आज तपाईंलाई राज्यको तर्फबाट त्रास बढ्ने देखिन्छ । निजी क्षेत्रको लगानीमा घाटा हुनेछ । लगानी गर्नैैपर्ने बाध्यता भए आफूले नगरी परिवारको तर्फबाट गर्न लगाउनु फाइदा होला । प्रेम सम्बन्धमा भने खटपटी बढ्नेछ ।

वृश्चिक : आज तपाईंका आम्दानीका स्रोत शक्तिशाली देखिन्छन् । प्राविधिक क्षेत्रबाट प्रगति हुनेछ । अभिभावक र गुरुको सुझाव लिएर अगाडि बढ्नु फाइदा हुनेछ । अन्य काममा व्यस्त हुँदा धर्म र संस्कार ओझेलमा पर्ने जोखिम छ ।

धनु : भूत र भविष्यको ज्ञान प्राप्त हुनेछ । कर्मस्थानमा भाग्य बढाउने योग छ । लगानीका क्षेत्रमा नाम र दाम मिल्नेछ । परिवारसँगको सम्बन्ध शान्त बन्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ ।

मकर : अचानक धन खर्च हुने भएकाले लगानी गर्नु अगाडि सचेत बन्नु राम्रो हुनेछ । आयुर्वेद र जडिबुटीको क्षेत्रबाट राम्रो फाइदा हुनेछ । सामाजिक संगठनमा सेवाको अवसर जुट्नेछ । समाजसेवाको मौका मिल्नेछ ।

कुम्भ : मध्यसाढेसाती चल्ने समय भएकाले समस्या धेरै देखिनेछन् । आफ्नै सम्पत्तिमा संकट पर्नेछ । शिवको दर्शन र पिपलको परिक्रमा गरेका दिनको सुरुवात गरेमा ठुलो उपलब्धि हात लाग्नेछ ।

मीन : पश्चिमको लामो यात्रामा नजानु राम्रो हुनेछ । माथिल्लो निकायको साथ र सहयोग रहनेछ । खानपानमा ख्याल नगर्दा रोगको जोखिम भएकाले सचेत बन्नु राम्रो हुनेछ । परिवारसँगको सम्बन्ध सामान्य ढंगले अगाडि बढ्नेछ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ५ : ५४ बजे

नेपाल प्रहरीद्वारा मङ्सिरमा ४० करोड राजस्व संकलन

काठमाडौं– नेपाल प्रहरीले चालू आर्थिक वर्ष २०८२-८३ को मङ्सिर महिनामा

महारानीथान-छाप-डाडाखेत-ठुलोखोला सडकको टुनीखर्क क्षेत्रमा स्तरोन्नति

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारबाट पश्चिमी क्षेत्रका तीन वटा स्थानीय

ट्रमा सेन्टरको प्रमुख मेसुमा डा. मरासिनी नियुक्त 

काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिक सुपरिटेण्डेण्टमा डा. रुद्र मरासिनी

माग्दे गाउँपालिकाले कृषकलाई प्रोत्साहन गर्न दूधमा १० अनुदान दिने 

दमौली– माग्दे गाउँपालिकाले दुग्ध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले

सञ्चारमन्त्री खरेलले भने- राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ

गण्डकी– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिमा आमूल परिवर्तन