आज २०८१ साल असोज १३ गते आइतबारको राशिफल « Khabarhub

आज २०८१ साल असोज १३ गते आइतबारको राशिफल


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज २०८१ साल असोज १३ गते आइतबार तदनुसार सन् २०२४ सेप्टेम्बर २९ तारिख । असोज कृष्ण पक्षको द्वादशी तिथि । द्वादशी श्राद्ध । विश्व मुटु दिवस । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । कानुनको क्षेत्रमा लगानी गरेको भए राम्रो आम्दानी होला । परिवारसँगको साथमा दिन रमाइलोसँग बित्नेछ । नजिकका आफन्तजनको साथ मिल्ने योग छ ।

वृष : आज राजनीतिमा नलाग्नु राम्रो हुनेछ । साथी र संगठन कमजोर भएकाले यो क्षेत्रमा घाटा हुने जोखिम छ आम्दानीको स्रोत बलियो भए पनि बोलीका कारण संकटमा पर्ने खतरा देखिन्छ । परिवारसँगको सम्बन्धमा भने खटपटी बढ्नेछ ।

मिथुन : आज तपाईंले आफूले आफूलाई कमजोर भएको अनुभूत गर्नुहुनेछ । सामाजिक र राजनीतिक क्षेत्रमा संगठनले सताउने छन् । एकोहोरो मायाले मात्रा काम नगर्ने भएकाले प्रेम सम्बन्धमा सचेत बन्नु राम्रो हुनेछ ।

कर्कट : सामान्य लगानीको प्रयासबाट राम्रो प्रगति हुनेछ । स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट सफलता मिल्नेछ । विपक्षीबाट सचेत भएर अगाडि बढ्नु राम्रो हुनेछ । परिवारसँगको सम्बन्ध सहज र शान्त बन्नेछ ।

सिंह : शुभ ग्रहको बुहमत भएकाले तपाईंको प्रतिभाको प्रशंसा हुनेछ । सम्पत्ति फेला परे पनि व्यवहारका कारण संकट आइपर्ने खतरा छ । आफन्तसँग व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ । परिवारसँग भएको सल्लाह अनुसार काम गरेमा फाइदा होला ।

कन्या : घमण्ड त्याग्न सके सफलता मिल्नेछ । निजी क्षेत्रमा गरेको लगानीबाट ठुलो प्रगति हुने देखिन्छ । परिवारले तपाईंको कामको प्रशंसा गर्ने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

तुला : आज तपाईंलाई राज्यको तर्फबाट त्रास बढ्ने देखिन्छ । निजी क्षेत्रको लगानीमा घाटा हुनेछ । लगानी गर्नैैपर्ने बाध्यता भए आफूले नगरी परिवारको तर्फबाट गर्न लगाउनु फाइदा होला । प्रेम सम्बन्धमा भने खटपटी बढ्नेछ ।

वृश्चिक : आज तपाईंका आम्दानीका स्रोत शक्तिशाली देखिन्छन् । प्राविधिक क्षेत्रबाट प्रगति हुनेछ । अभिभावक र गुरुको सुझाव लिएर अगाडि बढ्नु फाइदा हुनेछ । अन्य काममा व्यस्त हुँदा धर्म र संस्कार ओझेलमा पर्ने जोखिम छ ।

धनु : भूत र भविष्यको ज्ञान प्राप्त हुनेछ । कर्मस्थानमा भाग्य बढाउने योग छ । लगानीका क्षेत्रमा नाम र दाम मिल्नेछ । परिवारसँगको सम्बन्ध शान्त बन्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ ।

मकर : अचानक धन खर्च हुने भएकाले लगानी गर्नु अगाडि सचेत बन्नु राम्रो हुनेछ । आयुर्वेद र जडिबुटीको क्षेत्रबाट राम्रो फाइदा हुनेछ । सामाजिक संगठनमा सेवाको अवसर जुट्नेछ । समाजसेवाको मौका मिल्नेछ ।

कुम्भ : मध्यसाढेसाती चल्ने समय भएकाले समस्या धेरै देखिनेछन् । आफ्नै सम्पत्तिमा संकट पर्नेछ । शिवको दर्शन र पिपलको परिक्रमा गरेका दिनको सुरुवात गरेमा ठुलो उपलब्धि हात लाग्नेछ ।

मीन : पश्चिमको लामो यात्रामा नजानु राम्रो हुनेछ । माथिल्लो निकायको साथ र सहयोग रहनेछ । खानपानमा ख्याल नगर्दा रोगको जोखिम भएकाले सचेत बन्नु राम्रो हुनेछ । परिवारसँगको सम्बन्ध सामान्य ढंगले अगाडि बढ्नेछ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ५ : ५४ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक