देश/प्रदेश

सप्तकोशीमा पानीको सतह अति खतराको विन्दुमा

By खबरहब

September 29, 2024

सुनसरी– सप्तकोशी नदीले कोशी ब्यारेजको जलसतह अति खतरनाक विन्दु पार गरेको छ ।

आज बिहान ७ बजे सप्तकोशीमा प्रतिसेकेन्ड ६ लाख  ६१ हजार ५ क्युसेक जलसतह मापन गरिएको छ । पानीको सतहले पुललाई नाघेपछि सतर्कता अपनाउँदै सबै सवारी साधनलाई समेत पुलबाट हिँड्न रोकिएको छ ।

सप्तकोशी जलमापन केन्द्रले आपतकालीन सवारी साधनहरू बाहेक अन्य सवारी साधनलाई रोकिएको जानकारी दिएको छ ।

अहिले पनि पानीको सतह बढिरहेको र यो उच्च तहको जोखिमको अवस्थामा रहेको केन्द्रले जानकारी दिएको छ ।