फाइल फोटो ।

समाचार

प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित

By खबरहब

September 29, 2024

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठक स्थगित भएको छ ।

अध्यक्ष प्रचण्डले अविरल वर्षा, बाढीपहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न आज बिहान १० बजे बस्ने गरी सर्वदलीय बैठक आव्हान गरेका थिए ।

नेपाल सरकारले पहल लिन ढिलाइ गरेको अवस्थामा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले अध्यक्ष प्रचण्डले  हिजो राति नै सर्वदलीय बैठक आह्वान गरेको तर सरकारले पनि आजै सर्वदलीय बैठक बोलाएकाले छुट्टै बैठक गरिरहन आवश्यक नभएकाले स्थगित गरिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।