चितवन–काठमाडौं चल्ने ना२ख १३४५ नम्बरको माइक्रोबस शुक्रबारदेखि बेपत्ता « Khabarhub

चितवन–काठमाडौं चल्ने ना२ख १३४५ नम्बरको माइक्रोबस शुक्रबारदेखि बेपत्ता


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवन–काठमाडौं रूटमा चल्ने बा२ख १३४५ नम्बरको माइक्रो बस गत शुक्रबारदेखि सम्पर्कविहीन भएको छ ।

शुक्रबार दिउँसो साढे २ बजेतिर भरतपुरबाट छुटेको एनबी मनकामना माई यातायात प्रालिमार्फत सञ्चालित माइक्रोबस बेपत्ता भएको हो ।

चितवन पुल्चोकबाट काठमाडौंका लागि छुटेको बा २ ख १३४५ नम्बर को माइक्रो बस अहिलेसम्म सम्पर्कमा नआएको समितिका अध्यक्ष नरबहादुर रानाले जानकारी दिए ।

माइक्रोबसमा कति यात्रु सवार थिए भन्ने बारेमा केही खुलेको छैन ।

गत बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीमा परी धादिङको झ्याप्ले खोलामा केही सवारी साधान पुरिएका थिए ।

सुरक्षाकर्मीले हिजो उक्त स्थानमा उद्धार तथा खोजीका क्रममा एउटा बस र एउटा विङ्गरमा सवार १४ यात्रुको शव फेला पारेको थियो ।

यस्तै, गोरखाबाट छुटेको दरौँदी यातायातको बस पनि सोही ठाउँमा पुरिएको शंका गरिएको छ ।

सुरक्षाकर्मीले उद्धारका क्रममा आज बिहान सोही स्थानबाट थप तीनवटा शव फेला पारेको छ । सो शव दरौँदी यातायातको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ९ : ३४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया