चितवन–काठमाडौं चल्ने ना२ख १३४५ नम्बरको माइक्रोबस शुक्रबारदेखि बेपत्ता « Khabarhub

चितवन–काठमाडौं चल्ने ना२ख १३४५ नम्बरको माइक्रोबस शुक्रबारदेखि बेपत्ता


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवन–काठमाडौं रूटमा चल्ने बा२ख १३४५ नम्बरको माइक्रो बस गत शुक्रबारदेखि सम्पर्कविहीन भएको छ ।

शुक्रबार दिउँसो साढे २ बजेतिर भरतपुरबाट छुटेको एनबी मनकामना माई यातायात प्रालिमार्फत सञ्चालित माइक्रोबस बेपत्ता भएको हो ।

चितवन पुल्चोकबाट काठमाडौंका लागि छुटेको बा २ ख १३४५ नम्बर को माइक्रो बस अहिलेसम्म सम्पर्कमा नआएको समितिका अध्यक्ष नरबहादुर रानाले जानकारी दिए ।

माइक्रोबसमा कति यात्रु सवार थिए भन्ने बारेमा केही खुलेको छैन ।

गत बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीमा परी धादिङको झ्याप्ले खोलामा केही सवारी साधान पुरिएका थिए ।

सुरक्षाकर्मीले हिजो उक्त स्थानमा उद्धार तथा खोजीका क्रममा एउटा बस र एउटा विङ्गरमा सवार १४ यात्रुको शव फेला पारेको थियो ।

यस्तै, गोरखाबाट छुटेको दरौँदी यातायातको बस पनि सोही ठाउँमा पुरिएको शंका गरिएको छ ।

सुरक्षाकर्मीले उद्धारका क्रममा आज बिहान सोही स्थानबाट थप तीनवटा शव फेला पारेको छ । सो शव दरौँदी यातायातको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ९ : ३४ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल