विपद् प्रतिकार्यमा एकजुट भएर लाग्न प्रचण्डको आह्वान « Khabarhub

विपद् प्रतिकार्यमा एकजुट भएर लाग्न प्रचण्डको आह्वान


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनयताको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएकाले विपद् प्रतिकार्यमा एकजुट भएर लाग्न आह्वान गरेका छन् ।

अध्यक्ष दाहालले आज प्रेस वक्तव्य जारी गर्दै अहिले पनि ठूलो सङ्ख्यामा नागरिक बेपत्ता भएकाले उनीहरुको खोजी, घाइतेको उपचार र घरबारविहीन भएकालाई सुरक्षित गर्दै पुनःस्थापनाको काम सुरु गर्नु पहिलो कर्तव्य भएको उल्लेख गरेका छन् ।

तत्काल बेपत्ता नागरिकको खोजी, घाइतेको निःशुल्क उपचार र विस्थापितलाई पुनःस्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका दाहालले ठूलो वर्षाको पूर्वअनुमान हुँदाहुँदै पनि सम्भावित जोखिम पहिचान गरेर क्षति न्यूनीकरणका लागि तत्काल पहलकदमी लिन नसक्नु दुःखद भएको बताएका छन् ।

अध्यक्ष दाहालले बाढीपहिराका कारण अवरुद्ध भएका राजमार्गसहित सडक, सञ्चार र विद्युतलगायत अत्यावश्यक सेवा यथाशीघ्र पुनःसञ्चालनका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले दशैँ, तिहारजस्ता ठूला पर्व नजिकिएकाले युद्धस्तरमा पुनर्निर्माणका काम थालेर सबै आधारभूत सेवा पूर्ववतरूपमा सञ्चालनका लागि तत्काल पहल अघि बढाउन सरकारसँग आग्रह गरे ।

विपद् प्रतिकार्यमा अनवरत खटिइरहेका आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिँदै अध्यक्ष दाहालले बेपत्ता नागरिकको खोजी, विस्थापितको पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलगायत कार्यमा निरन्तर लाग्न निर्देशन दिएका छन् ।

बाढी र पहिरोका कारण व्यक्तिका निजी सम्पत्तिदेखि सार्वजनिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको उल्लेख गर्दै अध्यक्ष दाहालले राष्ट्र र जनताले भोग्नुपरेको यो क्षति र पीडाप्रति दुःख व्यक्त गरेका छन् । उनले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १२ : २३ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको