विपद् प्रतिकार्यमा एकजुट भएर लाग्न प्रचण्डको आह्वान « Khabarhub

विपद् प्रतिकार्यमा एकजुट भएर लाग्न प्रचण्डको आह्वान


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनयताको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएकाले विपद् प्रतिकार्यमा एकजुट भएर लाग्न आह्वान गरेका छन् ।

अध्यक्ष दाहालले आज प्रेस वक्तव्य जारी गर्दै अहिले पनि ठूलो सङ्ख्यामा नागरिक बेपत्ता भएकाले उनीहरुको खोजी, घाइतेको उपचार र घरबारविहीन भएकालाई सुरक्षित गर्दै पुनःस्थापनाको काम सुरु गर्नु पहिलो कर्तव्य भएको उल्लेख गरेका छन् ।

तत्काल बेपत्ता नागरिकको खोजी, घाइतेको निःशुल्क उपचार र विस्थापितलाई पुनःस्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका दाहालले ठूलो वर्षाको पूर्वअनुमान हुँदाहुँदै पनि सम्भावित जोखिम पहिचान गरेर क्षति न्यूनीकरणका लागि तत्काल पहलकदमी लिन नसक्नु दुःखद भएको बताएका छन् ।

अध्यक्ष दाहालले बाढीपहिराका कारण अवरुद्ध भएका राजमार्गसहित सडक, सञ्चार र विद्युतलगायत अत्यावश्यक सेवा यथाशीघ्र पुनःसञ्चालनका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले दशैँ, तिहारजस्ता ठूला पर्व नजिकिएकाले युद्धस्तरमा पुनर्निर्माणका काम थालेर सबै आधारभूत सेवा पूर्ववतरूपमा सञ्चालनका लागि तत्काल पहल अघि बढाउन सरकारसँग आग्रह गरे ।

विपद् प्रतिकार्यमा अनवरत खटिइरहेका आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिँदै अध्यक्ष दाहालले बेपत्ता नागरिकको खोजी, विस्थापितको पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलगायत कार्यमा निरन्तर लाग्न निर्देशन दिएका छन् ।

बाढी र पहिरोका कारण व्यक्तिका निजी सम्पत्तिदेखि सार्वजनिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको उल्लेख गर्दै अध्यक्ष दाहालले राष्ट्र र जनताले भोग्नुपरेको यो क्षति र पीडाप्रति दुःख व्यक्त गरेका छन् । उनले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १२ : २३ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये