झ्याप्ले खोला पहिरोमा पुरिएका तीनवटा गाडी भेटिए, २९ यात्रुको शव निकालियो | Khabarhub Khabarhub

झ्याप्ले खोला पहिरोमा पुरिएका तीनवटा गाडी भेटिए, २९ यात्रुको शव निकालियो


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

धादिङ- पृथ्वी राजमार्गाअन्तर्गत नागढुंगा-नौबिसे सुरुङमार्ग नजिकै झ्याप्ले खोलामा पहिरोले यात्रुवाहक सवारी पुर्दा ज्यान गुमाएका २९ जनाको शव निकालिएको छ ।

प्रहरीका अनुसार शनिबार १४ जनाको शव निकालिएको थियो । आइतबार अहिलेसम्म १५ जनाको शव निकालिएको छ ।

अहिलेसम्म निकालिएका शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । आफन्त बेपत्ता भएका परिवारले प्रमाणपत्रसहित सम्पर्क गरिदिन खानीखोला प्रहरीले भनेको छ ।

झ्याप्ले खोलामा गएको पहिरोमा अहिलेसम्म बुटवलबाट आएको विङ्गर, गोरखाबाट आएको दरौँदी यातायातको बस र चितवनबाट आएको माइक्रो बस परेको पुष्टि भएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो पहिरो उत्खनन गर्दा आइतबार बिहान बस र माइक्रो भेटिएका थिए ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १२ : ४८ बजे

माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा

काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी)

रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित

काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज