समाचार

झ्याप्ले खोला पहिरोमा पुरिएका तीनवटा गाडी भेटिए, २९ यात्रुको शव निकालियो

By खबरहब

September 29, 2024

धादिङ- पृथ्वी राजमार्गाअन्तर्गत नागढुंगा-नौबिसे सुरुङमार्ग नजिकै झ्याप्ले खोलामा पहिरोले यात्रुवाहक सवारी पुर्दा ज्यान गुमाएका २९ जनाको शव निकालिएको छ ।

प्रहरीका अनुसार शनिबार १४ जनाको शव निकालिएको थियो । आइतबार अहिलेसम्म १५ जनाको शव निकालिएको छ ।

अहिलेसम्म निकालिएका शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । आफन्त बेपत्ता भएका परिवारले प्रमाणपत्रसहित सम्पर्क गरिदिन खानीखोला प्रहरीले भनेको छ ।

झ्याप्ले खोलामा गएको पहिरोमा अहिलेसम्म बुटवलबाट आएको विङ्गर, गोरखाबाट आएको दरौँदी यातायातको बस र चितवनबाट आएको माइक्रो बस परेको पुष्टि भएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो पहिरो उत्खनन गर्दा आइतबार बिहान बस र माइक्रो भेटिएका थिए ।