नवलपरासीको बाढी प्रभावित क्षेत्रमा पुगे विनोद चौधरी | Khabarhub Khabarhub

नवलपरासीको बाढी प्रभावित क्षेत्रमा पुगे विनोद चौधरी


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

परासी– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरी नवलपरासीको बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । दुई दिनको लगातारको वर्षापछि नवलपरासीका सरावल, सुस्ता र प्रतापपुर गाउँपालिकाका केही बस्तीहरू डुबानमा परेका हुन् ।

बाढीका कारण डुबानमा परेका ती क्षेत्रमा कांग्रेस नेता चौधरी उद्धारका लागि सुरक्षाकर्मीसहित स्थलगत निरीक्षणका लागि पुगेका हुन् ।

आज बिहान बाढी डुबान क्षेत्रमा पुगेका सांसद चौधरीले राहत र थप क्षति हुन नदिन उद्धारका काम तत्काल गर्नुपर्नेमा जोड दिए । उनले बाढी प्रभावित क्षेत्रको दीर्घकालीन समाधानका लागि आफूले काम गरिरहेको र तत्कालका लागि उद्धार र राहत वितरणमा कुनै कमी हुन नदिने बताए । उनले भने, “राहत वितरणको काम तत्काल सुरु हुन्छ । आजै यहाँ राहत पुग्छ । पुनर्स्थापना र यसको स्थायी समाधानका लागि काम भइरहेको छ ।”

नारायणी नदीका कारण सुस्तामा डुबान भएको हो भने धनेवा र झरेवा खोलाका कारण प्रतापपुर र सरावलका केही बस्तीमा बाढी पसेको हो ।

प्रतापपुर गाउँपालिका वडा नं ३ का वडाध्यक्ष ऋषिदेव पटेलले ३०० विघा धान बालीमा क्षति पुगेका बताए । उनले केही घर पनि डुबानमा परेको बताए । सरावल गाउँपालिकाको वडा नं ६ मा पनि बाढीले क्षति पुगेको छ ।

बाढीका कारण संयौं बिघामा लगाइएको धान बालीमा क्षति पुगेको छ । वडाध्यक्ष छोटेलाल गुप्तका अनुसार करिब ११ सय बिघामा लगाइएको धान बालीमा क्षति पुगेको हो ।

नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित चौधरीले नारायणी नदीबाट बर्सेनि हुने डुबानको स्थायी समाधानका लागि सरकारसँग निरन्तर पहल गर्दै आएका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १ : ४४ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले