पृथ्वीराजमार्गको वैकल्पिक सडक बुद्धसिंह मार्ग तीन दिनदेखि अवरुद्ध « Khabarhub

पृथ्वीराजमार्गको वैकल्पिक सडक बुद्धसिंह मार्ग तीन दिनदेखि अवरुद्ध


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

तनहुँ– पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा रहेको बुद्धसिंह मार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । निरन्तरको वर्षापछि एक दर्जनबढी स्थानमा पहिरो खस्दा उक्त मार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।

गण्डकी प्रदेश सरकारले पृथ्वीराजमार्गको वैकल्पिक मार्गका रूपमा यसलाई विकास गर्न प्रक्रिया अघि बढाइसकेको छ ।

पृथ्वीराजमार्गअन्तर्गत डुम्रे–आँबुखैरेनी हुँदै घुमाउनेसम्म पुग्न बुद्धसिंह मार्गबाट करिब २५ किलोमिटर दूरी कम पर्ने बुद्धसिंह मार्ग सरोकार समितिका संयोजक सिद्धान्त गर्जामगरले जानकारी दिए ।

पहिरोका कारण सुडे, बेलबास निउरोघारी, मास्दी, नाल्दी, खानीखोला ढाप, बरखोला, साराङघाट, तल्लो साराङघाट, प्यूघरलगायत १२ स्थानमा पहिरो खस्दा मार्ग अवरोध भएको उनले बताए ।

पहिराका कारण साराङघाट, मास्दीघाट क्षेत्रका बासिन्दाको जनजीवन बढी प्रभावित बनेको संयोजक गर्जामगरले जानकारी दिए  । उनका अनुसार गाउँमा कोही बिरामी भएमा बन्दीपुर हुँदै राजमार्ग भएर दमौली पुर्‍याउनुपर्ने अवस्था छ ।

गर्जामगरले भने, ‘यथाशीघ्र मार्ग सञ्चालन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरिएको छ, आशा छ छिट्टै पहलकदमी हुनेछ ।’

पहिराले सेतीगङ्गा आधारभूत विद्यालयका आइसिटी र विज्ञान प्रयोगशालाका कक्षाकोठा पूर्ण रूपमा क्षति भएका विद्यालयका प्रधानाध्यापकसमेत रहेका उनले बताए ।

‘पहिरोले स्थानीय मङ्गलबहादुर गुरुङको घर पूर्ण रूपमा क्षति हुनुका साथै बर्जबहादुर गुरुङ र डुलबहादुर गुरुङको घरमा आंशिक क्षति भएको छ’, उनले भने, ‘माथिबाट आएको पहिरोले करिब तीस रोपनी खेतबारी पूर्ण रूपमा नोक्सान भएको छ ।’

तनहुँको सदरमुकाम दमौलीबाट चितवनको घुमाउनेसम्म जोड्ने सो मार्गअन्तर्गत दमौलीमा निर्माण कम्पनीले करिब १० किमी खण्डमा ‘आक्सफाल्ट प्रविधि’ बाट कालोपत्र गर्न थालेको थियो ।

पूर्वाधार विकास कार्यालयले मैनाचुली–सफल जेभी काठमाडौंसँग विसं २०८२ जेठ ३० गतेसम्म गर्नेगरी विसं २०७९ भदौ २७ गते सडक कालोपत्रका लागि सम्झौता भएको पूर्वाधार विकास कार्यालयकी सूचना अधिकारी एवं इञ्जिनियर धनमाया मिश्रले जानकारी दिइन्  ।

उनका अनुसार गण्डकी प्रदेश सरकारले सो मार्गलाई प्राथमिकतामा राखेर गत आर्थिक वर्षमा पाँच करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । चितवनको घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँको सीमानामा पुगेर फर्कन बाध्य छन् ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  २ : ४१ बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको