चणिकलाललाई सम्मान गर्दै प्रचण्डले भने- हाम्रै कार्यकर्ता हुनु हुँदो रहेछ, खुसी लाग्यो « Khabarhub

चणिकलाललाई सम्मान गर्दै प्रचण्डले भने- हाम्रै कार्यकर्ता हुनु हुँदो रहेछ, खुसी लाग्यो


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले शनिबार बिहान बगाएका दुईजनाको उद्धार गर्ने युवा चणिकलाल तामाङलाई सम्मान गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले निजी निवास खुमलटारमा बोलाएर तामाङलाई आइतबार सम्मान गरेका हुन् ।

तामाङले शनिबार बिहान ललितपुर महानगरपालिका-२५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेका थिए ।

टहराको छानामाथि चढेर गुहार मागिरहेका चारजनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरू बगेका थिए ।

खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्‍याएपछि तामाङले बाढीमा हेलिएर दुई जनाको उद्धार गरेका थिए ।

उद्धार गरिएका दुवैजनाको पाटन अस्पतालमा उपचार भइरहेको छ । सँगै बगेका राजुका भाइ २२ वर्षीय राज आफैँ पौडेर निस्किए । राजकी छोरी ४ वर्षीया शेर्तु साहको अवस्था अज्ञात छ ।

तामाङलाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई दिए ।

संकटमा नै बहादुरहरू जन्मिने बताउँदै दाहालले तामाङलाई ‘साहसी युवा’को रुपमा सम्मान गरिएको बताए ।

आफूले यो घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको बताउँदै उनले तामाङको चर्चा देशबिदेशमा भइरहेकोमा खुसी जनाए ।

अध्यक्ष प्रचण्डले तामाङ नेकपा माओवादी केन्द्रकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुशी लागेको बताए ।

काभ्रेको तेमाल गाउँपालिका ९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य रहेको प्रचण्डको सचिवालयको दाबी छ।

उनका दाजु तत्कालीन माओवादी सेनाका कमाण्डर चन्द्र तामाङले ‘शुक्र’को जनयुद्धका क्रममा सर्लाहीमा ज्यान गएको पनि खुमलटारले उल्लेख गरेको छ ।

तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकोमा खुशी लागेको बताए । आफू बिहान खोला हेर्न आएको बेलामा मान्छे बगेको देखेपछि हामफालेर उद्धारमा लागेको उनले बताए । उनले सानोमा सुनकोशी नदीमा पौडी खेल्दा सिकेको सीपले दुई जनाको ज्यान बचाउन सकेको बताए ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ४ : ११ बजे

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन