कोशीको बहाव घट्दै, साँझसम्ममा आवागमन खुल्ने « Khabarhub

कोशीको बहाव घट्दै, साँझसम्ममा आवागमन खुल्ने


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

सुनसरी– अविरल वर्षा रोकिएपछि कोशी ब्यारेजमा पानीको बहाव घट्न थालेको छ । आइतबार दिउसो तीन बजेको मापन अनुसार कोशी ब्यारेजमा ३ लाख ९८ हजार ३ सय ७० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव भइरहेको कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।

आइतबार बिहान ६ बजे ६ लाख ६१ हजार २ सय ९५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो । यो तथ्य कोशीको ब्यारेज निर्माण भएयता ५६ वर्ष यताकै उच्च पानीको बहाव मानिएको छ ।

पानीको बहाव घट्दै गए पनि कोशी ब्यारेज नियन्त्रण कक्षले उच्च खतरा भने कायम नै रहेको जनाएको छ । ब्यारेजका सबै ५६ ढोका खुल्ला नै राखिएको छ । पानीको बहाव बढेपछि ब्यारेज माथिबाटै पानी बगेको थियो ।

पानीको बहाव अत्यधिक भएपछि कोशी ब्यारेजमा शनिवार साँझबाट अत्यावश्यक बाहेक अन्य यातायात सञ्चालनमा रोक लगाइए पनि ब्यारेजमाथिबाट पानी बग्दा थुप्रिएको हिलोको लेदो र फोहोर सफा गरिसकेपछि आज साँझदेखि आवागमन खुल्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ४ : ३२ बजे

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर