बाढीपहिरोबाट कोशी प्रदेशमा मात्रै १५ जनाको मृत्यु « Khabarhub

बाढीपहिरोबाट कोशी प्रदेशमा मात्रै १५ जनाको मृत्यु


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

विराटनगर– गएको तीन दिनदेखि परेको अविरल वर्षाको कारण आएको बाढी, पहिरो र डुबानबाट कोशी प्रदेशमा १५ जनाको मृत्यु भएको छ । साथै ८ जना बेपत्ता र १० जना घाइते छन् ।

कोशी प्रदेश आन्तरीक मामिला तथा कानून मन्त्रालयका अनुसार मृत्यु हुनेमा पाँचथरमा ५, सोलुखुम्बुमा ५, धनकुटामा २, उदयपुरमा १, झापामा १  इलाममा १ जना जनाको मृत्यु भएको  मन्त्रालयका उपसचिव एव प्रवक्ता  विश्वदीप बेस्राले बताए ।

उपसचिव बेस्राका अनुसार अहिलेसम्म प्राप्त विवरण अनुसार बाढी पहिरोमा परेर पाँचथरमा ५,मोरग १ झापामा २ बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको छ ।

घाइतेहरूमा धनकुटामा ३,सोलुखुम्बुमा १, पाँचथर २, उदयपुर, सुनसरी, संखुवासभा, सुनसरी र भोजपुरमा एक/एक जना घाइते भएका छन्। बाढी,पहिरो र र डुबानकाकारण कोसी प्रदेशमा भौतिक क्षति भने ५ करोड ६९ लाख २२ हजारको क्षति भएको छ ।

बढी,पहिरो र डुबानका कारण कोसी प्रदेशमा पूर्णरूपमा १९ वटा पक्की घर भत्किएको छ भने ५८ वटा पक्की घरमा आंशिक क्षति पुगेको छ । यस्तै अन्य ३९ वटा घर पूर्णरुपमा क्षतिग्रस्त हुँदा ३३ वटामा आंशिक क्षति पुगेको छ ।

यस्तै अहिलेसम्म ६४ वटा पशुचौपाया मरेका छन् । १ हजार २०६ वटा घरपालुवा पंक्षी मरेका छन् । मन्त्रालयको तथ्याङ्क अनुसार बाढी,पहिरो र डुबानका कारण १३ वटा गोठ क्षतिग्रस्त हुँदा ६ वटा सरकारी कार्यालय, ४ वटा सवारी साधन र १३ वटा पुल तथा कल्भर्ट बाढीले बगाएको छ।

बाढी पहिरोमा परी ५४२ घरधुरी प्रभावित बनेका छन् । जसमा सभैभन्दा धेरै झापामा ३०४, मोरङमा १२० घरधुरी प्रभावित बन्दा सुनसरीमा ४९ र धनकुटामा १६, उदयपुरमा ३६ र खोटाङमा २७ घरपरिवार प्रभावित भएका छन् ।

र ४०९ घर स्थानान्तरण गरिएको छ भने १ हजार ६५० घर परिवार सङ्ख्या स्थानान्तरण गरिएको छ । ९९ घर अहिले पहिरोको उच्च जोखिममा रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म झापामा २, इलाममा ६, पाँचथरमा १०, ताप्लेजुङमा १, मोरङमा १, सुनसरीमा ४, धनकुटामा ७, तेह्रथुममा ५, संखुवासभामा १, उदयपुरमा ५, खोटाङमा १०, ओखलढुंगामा २ र सोलुखुम्बुमा ५ स्थानमा सडक अवरुद्ध भएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ५ : ०१ बजे

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

कांग्रेसको विशेष बैठक बस्दै, सभापति थापाले समसामयिक विषयमा सम्बोधन गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल