झ्याप्ले खोला पहिरो : जहाँ पुरिएका थिए तीनवटा गाडी (तस्बिरहरू) | Khabarhub Khabarhub

झ्याप्ले खोला पहिरो : जहाँ पुरिएका थिए तीनवटा गाडी (तस्बिरहरू)


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनीबेंसी र काठमाडौंको चन्द्रागिरि नगरपालिकाको सिमानामा पर्ने झ्याप्ले खोलाको पहिरो कयौँ सुन्दर जीवन खोस्ने ठाउँका रुपमा परिचित भएको छ ।

शुक्रबार राति हराएका चारवटा सवारीसाधन त्यही झ्याप्लेखोलाको पहिरोले पुर्दा ज्यान गुमाएका ३५ जनाको शव सुरक्षाकर्मीले निकालिसकेका छन्।

झ्याप्ले खोलामा आइतबार मात्रै २१ जनाको श-व निकालिएको छ । शनिबार १४ जनाको निकालिएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले अझै खोज्ने क्रम जारी छ ।

पुरिएका शव र सवारीसधान निकालेर त्यहाँको बाटो एकतर्फी खुलाउन सुरक्षाकर्मी संघर्षरत छन् ।

अहिलेसम्म निकालिएका शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ। आफन्त बेपत्ता भएका परिवारले प्रमाणपत्रसहित सम्पर्क गरिदिन खानीखोला प्रहरीले भनेको छ ।

झ्याप्ले खोलामा गएको पहिरोमा अहिलेसम्म बुटवलबाट आएको विंगर, गोरखाबाट आएको बस र चितवनबाट आएको माइक्रो बस परेको पुष्टि भएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा आइतबार बिहान बस र माइक्रो बस भेटिएका हुन्। यो खोलामा बुटवलबाट आएकामध्ये तीन परिवारका मात्रै ९ जना परेका छन् ।

चन्द्रागिरि नगरपालिका–२ झ्यापले खोला, नेपाल प्रहरीका उद्धारकर्ता, सशस्त्र प्रहरी र नेपाली सेनाको शव लिएर शुक्रबार बिहान पहारोमा परी आइपुगेका छन् । स्थानमा आएको पहिलो यात्रुवाहक बस पर्को थियो।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ६ : १५ बजे

यस्ता छन्, राष्ट्रिय जनसङ्ख्या नीति २०८२ का १६ लक्ष्य

काठमाडौं– सरकारले १५ वर्षदेखि १९ वर्षमुनिका किशोरीको प्रजनन दर घटाउनेदेखि

थप आक्रमण नहुने ग्यारेन्टी पाएमा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्ने : इरान

तेहरान– इरानका विदेशमन्त्री अब्बास अराघचीले शनिबार आफ्नो देशविरुद्ध थप आक्रमण

प्रधानमन्त्रीले भने- स्पेनमा मान्छे छाडेर आयो भनेर झुट प्रचार गरियो

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति

विकासको मार्गमा सरकार जनतासँग काँधमा काँध मिलाएर अगाडि बढ्छ : मन्त्री यादव

लम्कीचुहाँ– खानेपानीमन्त्री प्रदीप यादवले देश र नागरिकको विकासको मार्गमा सरकार

राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व निर्वाचन आयुक्त इला शर्माको हृदयाघातका