बाढीपहिरोमा मृत्यु भएकाको परिवारलाई कोशी सरकारको १ लाख राहत « Khabarhub

बाढीपहिरोमा मृत्यु भएकाको परिवारलाई कोशी सरकारको १ लाख राहत


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेश सरकारले अविरल वर्षाको कारण आएको बाढी, पहिरो र डुबानमा ज्यान गुमाउनेलाई तत्काल राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रदेश विपत् कार्यकारी समितिको आज बसेको बैठकले प्राकृतिक विपत्तिमा परेर ज्यान गुमाएका परिवारलाई तत्काल १ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रदेश विपत् कार्यकारी समितिका संयोजक एव आन्तरिक मामिला तथा कानून मन्त्री लिलावल्लभ अधिकारीको अध्यक्षयतामा बसेको सम्मतिको बैठकले जिल्ला प्रशासन कार्यालयको सिफारिस बमोजिम पूर्ण क्षति भएका घरहरूको लागि ५० हजार,आंशिक क्षति भएका घरहरूको लागि ३० हजार र सामान्य क्षति भएका घरहरूका लागि १५ हजार रुपैयाँ तत्काल राहत उपलब्ध गराउने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव एव प्रवक्ता विश्वदीप बेस्राले बताए ।

आन्तरिक मामिला तथा कानून मन्त्रीको अध्यक्षतामा प्रदेश विपद् कार्यकारी समिति गठन गरिएको छ । जसमा नौ वटै मन्त्रालयका सचिव, प्रहरीका सबै प्रमुख, रेडक्रस लगायतका प्रतिनिधि सदस्य रहने व्यवस्था गरिएको छ ।

तीन दिनदेखि परेको अविरल वर्षाको कारण आएको बाढी, पहिरो र डुबानबाट कोशी प्रदेशमा १७ जनाको मृत्यु भएको छ । ८ जना  अझै बेपत्ता र १० जना घाइते  छन्।  पाँचथरमा ५, सोलुखुम्बुमा ५, धनकुटामा २, उदयपुरमा १, झापामा १  इलाममा १ जना जनाको मृत्यु भएको छ ।बाढी पहिरोमा परेर पाँचथरमा ५, मोरग १ झापामा २ बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको छ।

घाइतेहरूमा धनकुटामा ३,सोलुखुम्बुमा १,पाँचथर २,उदयपुर,सुनसरी,संखुवासभा ,सुनसरी र भोजपुरमा एक÷एक जना घाइते भएका छन्।

बढी,पहिरो र डुबानका कारण कोशीमा पूर्ण रुपमा १९ वटा पक्की घर भत्किएको छ भने ५८ वटा पक्की घरमा आंशिक क्षति पुगेको छ । यस्तै अन्य ३९ वटा घर पूर्णरुपमा क्षतिग्रस्त हुँदा ३३ वटामा आंशिक क्षति पुगेको छ । अहिलेसम्म ६४ वटा पशुचौपाया मरेका छन् । १ हजार २०६ वटा घरपालुवा पंक्षी मरेका छन् ।

मन्त्रालयको तथ्याक अनुसार बाढी,पहिरो र डुबानका कारण १३ वटा गोठ क्षतिग्रस्त हुँदा ६ वटा सरकारी कार्यालय, ४ वटा सवारी साधन र १३ वटा पुल तथा कल्भर्ट बाढीले बगाएको छ। बाढी पहिरोमा परी ५४२ घरधुरी प्रभावित बनेका छन् ।

जसमा सभैभन्दा धेरै झापामा ३०४, मोरङमा १२० घरधुरी प्रभावित बन्दा सुनसरीमा ४९ र धनकुटामा १६, उदयपुरमा ३६ र खोटाङमा २७ घरपरिवार प्रभावित भएका छन् । र ४०९ घर स्थानान्तरण गरिएको छ भने १ हजार ६५० घर परिवारसंख्या स्थानान्तरण गरिएको छ । ९९ घर अहिले पहिरोको उच्च जोखिममा रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म झापामा २, इलाममा ६, पाँचथरमा १०, ताप्लेजुङमा १, मोरङमा १, सुनसरीमा ४, धनकुटामा ७, तेह्रथुममा ५, संखुवासभामा १, उदयपुरमा ५, खोटाङमा १०, ओखलढुंगामा २ र सोलुखुम्बुमा ५ स्थानमा सडक अवरुद्ध भएको छ । जसमा अहिलेसम्मको प्राप्त विवरण अनुसार कोशी प्रदेशमा बाढी पहिरो र डुबानका कारण ५ करोड ६९ लाख २२ हजारको क्षति भएको छ ।

 

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ६ : ४३ बजे

यसपटक तोसिमाले अवसर नपाउने, निशाले सम्हाल्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं- बालेन्द्र शाहले स्वास्थ्यमन्त्रीमा निशा मेहतालाई अगाडि सार्न लागेका छन्।

यस्तो बन्ने भयो बालेन सरकारको १५ सदस्यीय क्याबिनेट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा

प्रतिभा रावलले सम्हाल्ने भइन् सामान्य प्रशासन मन्त्रालय

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीकी सह-प्रवक्ता प्रतिभा रावललाई

कानुन मन्त्रालयको जिम्मेवारी सोबिता गौतमलाई दिइँदै

काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त भइसकेका बालेन्द्र शाहले चितवन क्षेत्र नम्बर ३

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन