इजरायलद्वारा लेबनानसँगको सीमामा ट्याङ्क तैनाथ « Khabarhub

इजरायलद्वारा लेबनानसँगको सीमामा ट्याङ्क तैनाथ


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको मृत्युपछि इजरायलले आइतबार लेबनानसँगको सीमामा ट्याङ्कहरू तैनाथ गरेको छ ।

अल्जजीराले  ट्याङ्कहरू तैनाथ गरेका तस्बिर सार्वजनिक गरेको छ । इजरायलले लेबनानमा हिजबुल्लाहका केन्द्रमा जमिनी आक्रमण गर्ने यस अघि नै चेतावनी दिएको थियो ।  अर्कोतर्फ नसरल्लाहको मृत्युपछि पनि इजरायलले लेबनानमा आक्रमण जारी राखेको छ ।

न्यूयोर्क टाइम्सका अनुसार लेबनानको स्वास्थ्य मन्त्रालयले यी आक्रमणमा ३३ जनाको मृत्यु भएको र १९५ जना घाइते भएको बताएको छ । रिपोर्टमा नसरल्लाहलाई मार्न इजरायलले सेप्टेम्बर २७ मा ८ वटा लडाकु विमान पठाएको दाबी गरेको छ ।

यसमार्फत हिजबुल्लाहको मुख्यालयमा २ हजार पाउण्ड मूल्यका १५ वटा बम खसालेको थियो । रिपोर्टका अनुसार यी अमेरिका निर्मित बीएलयू-१०९ बम थिए, जसलाई बंकर बस्टर पनि भनिन्छ । यी तोकिएको स्थानमा भूमिगत प्रवेश गर्न र विस्फोट गराउन सक्षम रहेको बताइन्छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ७ : १६ बजे

नेपाल टेक रोडशो यूएसए २०२६ सम्पन्न, नेपालको आईटी क्षमता विश्वसामु प्रस्तुत

अमेरिका– अमेरिकामा सम्पन्न ‘नेपाल टेक रोडशो यूएसए २०२६’ ले नेपालको

अर्थ समितिले आर्थिक वर्षको बजेटबारे विज्ञहरूसँग छलफल गर्ने

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

काठमाडौं– यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने

शर्माको सुनुवाइ ‘फास्ट ट्र्याक’मा, विपक्षीको आपत्तिपछि रास्वपा सांसद्ले भने- यसलाई धेरै लम्ब्याउनु हुँदैन

काठमाडौं– संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज कुमार

रास्वपाका सांसद कार्की प्रकरण सदनमा, दोषी भए कारबाहीको माग

काठमाडौं– कृष्णकुमार कार्कीमाथि नाइजेरियाकी एक युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको