राजनीति

माओवादी निष्कर्ष : सरकारले पूर्वतयारी नगर्दा ठूलो क्षति भयो

By खबरहब

September 29, 2024

काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेक्स राख्ने भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज साझ बसेको केन्द्रीय पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो।

बैठकले मौसम पूर्वानुमानअनुसार बाढीपहिरो र त्यसबाट हुनसक्ने क्षतिको आँकलन हँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिँदा जनधनको क्षति भएको निष्कर्ष निकालेको छ ।

बैठकले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा आर्थिक सहयोग जम्मा गर्ने निर्णय पनि गरेको छ । पार्टीपंक्तिलाई राहत र पुनर्निर्माणमा केन्द्रित गराउने निर्णय पनि माओवादीले गरेको छ ।

त्यस्तै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने लगायतका निर्णय पनि बैठकले गरेको छ ।