समाचार

मन्त्री पाण्डेको पहलपछि वायुसेवा कम्पनीहरू आन्तरिक उडानमा भाडा घटाउन सहमत 

By खबरहब

September 29, 2024

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको विशेष पहलमा वायु सेवा कम्पनीहरूले केही दिनका लागि अधिकतम भाडादरमा टिकट नबेच्ने निर्णय गरेका छन् ।

मन्त्रालयको पहलमा नागरिक उड्डयन प्राधिकरणसँग आज बसेको बैठक पछि हवाई कम्पनीहरूको संस्था वायुसेवा सञ्चालक संघ नेपालले विज्ञप्ति जारी गरी सरकारले तोकेको अधिकतम भाडादरमा केही दिनका टिकट नबेच्ने निर्णय गरेका हुन् ।

देशमा हालै भएको बाढी पहिरोको विपतका कारण उत्पन्न समस्यालाई मध्यनजर गरी सोमबारदेखि बुधबारसम्मका लागि अधिकतम दरमा टिकट नबेच्ने निर्णय गरेको जनाएको छ ।

बिपदका बेला राजमार्गहरू बन्द भएको र यात्रुहरू अफ्ठयारो परेका समयमा सरकारले तोकेको अधिकतम दरमा टिकट विक्री गर्दा स्वधारणलाई समस्या भएको व्यापक गुनासो पछि मन्त्रालयले भाडा घटाउन पहल गरेको थियो ।