अन्तर्राष्ट्रिय उडानको टिकट लिएर छुटेका यात्रुबाट निगमले थप शुल्क नलिने | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय उडानको टिकट लिएर छुटेका यात्रुबाट निगमले थप शुल्क नलिने


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएर छुटेका यात्रुबाट थप शुल्क नलिने जनाएको छ ।

काठमाडौंबाट २७ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएका तर अवरिल वर्षाका कारण निगमको अन्तर्राष्ट्रिय उडानहरू छुट्न गएका यात्रुले अक्टोबर ११ तारिखसम्म यात्रा गर्न चाहेमा थप शुल्क नलाग्ने व्यवस्था मिलाइएको जनाएको हो ।

प्रवक्ता रमेश पौडेलले निगमको अन्तर्राष्ट्रिय उडानमा टिकट लिएर छुटेका यात्रुलाई कुनै पनि थप शुल्क नलिने व्यवस्था मिलाइएको र यथाशीघ्र सम्पर्क गरी सो सेवा लिन सूचना जारी गरिएको बताए ।

निगमले अन्तर्राष्ट्रियतर्फ भारतका तीनसहित आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।

 

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ७ : ५० बजे

डोल्पाका याक मुस्ताङमा

मुस्ताङ – हिउँद सुरु भएसँगै उपल्लो डोल्पाका याक धमाधम मुस्ताङ

बलबहादुरको प्रस्ताव: कांग्रेसका सबै समिति विघटन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका नेता बलबहादुर केसीले पार्टीमा विवाद कायम रहे

खेलकुद तथा व्यापार महोत्सवमा ‘लण्डन ब्रिज’को रौनक

चितवन – चितवनको नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत्

इंग्ल्यान्डका डान डौथवेटले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

काठमाडौं – पोखरा एभेन्जर्सले इंग्ल्यान्डका अलराउन्डर डान डौथवेटलाई नेपाल प्रिमियर

जेन-जीहरू मिलेर नयाँ दल बनाउने कसरत, ‘पपुलर’ व्यक्तिको पछि लाग्दा आन्दोलन सकिने डर

काठमाडौं- मंगलबार दिनभर तीनवटा जेन-जी समूहसँग नेताहरूले छलफल गरेका छन्