बजाज पल्सर एनएस ४०० जेड : भृकुटीमण्डपबाट डेलिभरी शुरु « Khabarhub

बजाज पल्सर एनएस ४०० जेड : भृकुटीमण्डपबाट डेलिभरी शुरु


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लिले बजाज पल्सर एनएस ४०० जेडको डेलिभरी भृकुटीमण्डपबाट शुरु गरेको छ।  नाडा अटो शोबाट याे बाइकको बुकिङ गर्ने ग्राहकलाई ४० वटा मोटरसाइकल डेलिभरी गर्दै यसको शुरुवात गरिएको हो ।

कम्पनीका अनुसार अहिलेसम्मकै ठूलो पल्सर, एनएस ४०० जेडले शक्ति, प्रविधि, र डिजाइनको समिश्रणबाट स्पोर्ट्स मोटरसाइकल सेगमेन्टलाई नयाँ उचाइमा पुर्‍याउनेछ ।

यस बाइकलाई ३७३ सिसिको सिगंल–सिलिन्डर, लिक्विड–कुल्ड इन्जिनले शक्ति दिन्छ, जसले ३९.४ बीएचपी र ३५ एनएम टर्क उत्पादन गर्दछ । यो ६–स्पीड गियरबक्ससँग जोडिएको छ, जसमा स्लिप र असिस्ट क्लच सुविधा रहेको छ जसले सहज गियर सिफ्ट र थप कन्ट्रोल प्रदान गर्दछ। यस मोटरसाइकलमा सटिक थ्रोटल रेस्पोन्स र इन्धन दक्षताका लागि राइड–बाइ–वायर प्रविधि पनि समावेश गरिएको कम्पनीले जनाएको छ ।

ग्रान्ड कार्निभल– द बिगेस्ट एक्सचेन्ज क्याम्प, भृकुटीमण्डपमा आयोजित पल्सर एन एस् ४०० जेडको डेलिभरी समारोहका क्रममा, गोल्छा ग्रुपका डाइरेक्टर  अभिमन्यु गोल्छाले भने, ‘हामी नेपाली बजारमा अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एन एस् ४०० जेड डेलिभरी गर्न पाउँदा अत्यन्तै खुसी छौँ। नेपालको विभिन्न क्षेत्रबाट प्राप्त अपार बुकिङका कारण हामी दशैं र तिहारको बीचमा माग पूरा गर्नेछौँ ।’

कम्पनीका अनुसार याे अहिलेसम्मकै सबैभन्दा एडभान्सड पल्सर हो । यसमा रोड, रेन, स्पोर्ट, र अफ–रोड गरी चारवटा राइडिङ मोडहरु छन् साथै स्विच गर्न मिल्ने ट्राक्सन कन्ट्रोल र डुअल–च्यानल एबिएस् रहेको छ । यस मोटरसाइकलमा फुल कलर एलसिडि स्क्रिन रहेको छ, जसमा ब्लुटुथ कनेक्सनको सुविधा उपलब्ध छ, जसले टर्न–बाइ–टर्न नेभिगेसन, म्युजिक कन्ट्रोल, र अन्य राइड सम्बन्धित आवश्यक जानकारी प्रदान गर्दछ ।

नेपालमा ५ लाख ५९ हजार ९०० रुपैयाँ पर्ने  यस मोटरसाइकलको इन्धन ट्याङ्क क्षमता १२ लिटर छ र सीटको उचाइ ८०७ मिमी रहेको छ, जसले नजिक तथा लामो दुरीको यात्रामा पनि सहजता र स्थिरता प्रदान गर्दछ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ८ : २१ बजे

बाढी प्रभावितका लागि प्रभु बैंकको २ करोड ११ लाख रुपैयाँ सहयोग

काठमाडौं– प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

म्याक्रोनको बेलायत भ्रमण, ब्रेक्सिटपछि सम्बन्ध सुदृढ बनाउने प्रयास

लन्डन – फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ब्रेक्सिटपछि बेलायत र युरोपेली सङ्घ

रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा राष्ट्रका नाममा सम्बोधन

नेपालले जलवायु परिवर्तनको क्षतिपूर्ति पाउनुपर्छ : जगदीश खरेल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले जलवायु परिवर्तनका कारण

रसुवा बाढीका बेपत्ताको पहिचानका लागि डीएनए नमुना संकलन (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी