एनएमबि बैंकद्वारा विश्व मुटु दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन « Khabarhub

एनएमबि बैंकद्वारा विश्व मुटु दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनएमबि बैंक लिमिटेडले आज  विश्व मुटु दिवस, २०२४ को अवसरमा आफ्ना बबरमहल, धरान, मिलनचोक र महेन्द्रनगर शाखामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

बैंकले ग्राहक तथा समुदायको वित्तीय क्षेत्रमा मात्र नभई ग्राहक तथा समुदायका सदस्यहरूको स्वास्थ्यलाई समेत मध्यनजर गर्नुपर्ने विश्वासका साथ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

उक्त कार्यक्रममा स्वास्थ्यकर्मी र विशेषज्ञहरूले साधारण स्वास्थ्य परीक्षण गरी मुटुलाई स्वस्थ राख्नका लागि आवश्यक केही महत्त्वपूर्ण जानकारीहरू उपलब्ध गराए ।

साथै, यसै कार्यक्रमको माध्यमबाट मुटुसँग सम्बन्धित रोग लाग्न सक्ने प्रमुख कारण, स्वस्थ जीवनयापन र नियमित स्वास्थ्य परीक्षणको
महत्त्व बारे जानकारी प्रवाह गरिएको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ८ : २७ बजे

कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने

काठमाडौँ– २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास

आज अपराह्नपछि मौसममा क्रमशः सुधार हुने

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा

कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)