ललितपुरमा विपदमा परी मृत्यु भएका ३० जनाको शव भेटियो, अझै सात बेपत्ता | Khabarhub Khabarhub

ललितपुरमा विपदमा परी मृत्यु भएका ३० जनाको शव भेटियो, अझै सात बेपत्ता


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

ललितपुर – अविरण वर्षासँगैको विपद्मा परी ललितपुरमा हालसम्म ३० जनाको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीकानुसार खोज तथा उद्धारका क्रममा शनिबार २० र आज हालसम्म १० जनाको १० जनाको शव फेला परेको हो ।

शवलाई आनन्दवन अस्पताल, चापागाउँ र पाटन अस्पताल लगनखेलमा राखिएको उनले जानकारी गराए । खोजतलासका क्रममा आज नेपाल प्रहरीले ललितपुर महालक्ष्मी–८ शङ्खादेबी बस्ने ५६ वर्षीया लीला थापाको शव फेला पारेको छ ।

त्यस्तै, झापा घर भई बैभब पावर नेपाल प्रालिको स्टोरमा काम गर्ने २८ वर्षीय सुवास पाण्डेको शव ललितपुर महानगरापालिका–३ मनमोहन पार्कमा फेला पारेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । महालक्ष्मी नगरपालिका–९ लुभू खोलाको छेउमा पहिरोमा बेपत्ता भएका सुर्खेत घर भई हाल लुभू बस्ने २४ वर्षीया हरिकला थापा मगर, निजको छोरी ३० महिनाकी सिम्रिका थापा मगर र निजको ससुरा ५० वर्षीय शिव थापा मगरको शव फेला परेको छ ।

त्यस्तै, बागमती गाउँपालिका–५ भालुखोला बस्ने ६४ वर्षीया माइली श्रेष्ठ, गोदावरी नगरपालिका–७ देवीचौर छोटेडाँडामा ४५ वर्षीय जयमान न्यासुर तामाङ, ४० वर्षीया कान्छीमाया तामाङ, २० वर्षीया बात्सल्या तामाङ र नाम नखुलेकी दुई महिनाकी बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ । एकै परिवारका उनीहरू पुरिएको अवस्थामा फेला परेका थिए ।

शनिबार भएको खोज तथा उद्धारका क्रममा ललितपुरको गोदावरी नगरपालिका–१० टाखेल निवासी ५८ वर्षीया सानु चालिसे र गोदावरी–९ चुनिखेल घर भई हाल सोही ठाउँ बस्ने वर्ष ४८ वर्षीया सुशीला लिम्बूको शव भेटिएको प्रहरीले जनाएको छ ।

यस्तै, महाङ्काल गाउँपालिका–३ माथिल्लो गोटिखेल निवासी राजकुमार सिङ्तानको घर पुरिँदा निजका दुई वर्षीय छोरा संयम सिङ्तानको मृत्यु भएको छ । गोदावरी नगरपालिका–९ छम्पीस्थित भैँसेपाटी–टीकाभैरव सडकमा माथिबाट पहिरो खस्दा बाटो अवरोध भएको र सोही स्थानमा सिन्धुली घर भई हाल सोही स्थानमा टहरो बनाई बस्ने ४२ वर्षीया सुनिता तामाङको पुरिएर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । गोदावरी नागरपालिका–३ मा ३५ वर्षीय पवन नगरकोटीको टहरोमाथिबाट पहिरो झर्दा पवन र निजकी २० वर्षीया छोरी मेन्सिलाको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका–२५ तालिम केन्द्र नजिक ६६ वर्षीया ताराराज कनिकाको घरमाथिबाट आएको पहिरोले बगाएर मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका–९ सिस्नेरी ठकुरीगाउँकी ३५ वर्षीया रीना महिमकर्मी श्रेष्ठको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । सोही ठाउँको सिस्नेरी खोलामा बस्ने ४४ वर्षीय रवीन भुजेलको खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, ललितपुर महानगरपालिका–१४ कान्तिपुर कोलोनीमा रौतहटका २७ वर्षीय नन्दु साहको नख्खु खोलाले बगाएर मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका–८ शङ्खादेवीमा पहिरोमा पुरिएर घाइते भएकी ६१ वर्षीया राधिका थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, कोन्ज्योसोम गाउँपालिका–३ दलचोकीमा पहिरोका कारण एकै परिवारका २२ वर्षीया सुम्निमा घलान र १५ वर्षीय समीर घलानको मृत्यु भएको छ । गोदावरी नगरपालिका–५ लेले महतगाउँमा पहिरोले ३८ वर्षीया शर्मिला महतको मृत्यु भएको पुष्टि भएको छ । गोदावरी नगरपालिका–७ देवीचौरमा पहिरोले अनिल रुम्बा गोठ पहिरोले पुरिन जाँदा हाल नाम वतन नखुलेका करिब ३० वर्षीय शेर्पा भन्ने व्यक्तिको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताए ।

यस्तै, गोदावरी नगरपालिका–६ टिकाभैरवमा पहिरोमा परी ५० वर्षीय भाइकृष्ण खड्का तथा सोही वडाका एकै घरका ५५ वर्षीय प्रलाद थापा र ३० वर्षीय सुमन थापा, बागमती गाउँपालिका–१ घुसेलमा पहिरोका कारण ५० वर्षीय केशव न्यौपाने, गोदावरी नगरपालिका–१० न्यौपानेगाउँस्थित एससिआरसी होस्टेल पछाडि पहिरो जाँदा होस्टेलमा बस्ने ७ वर्षीय सुजन राईको मृत्यु भएको छ ।

यहाँ अझै सातजना बेपत्ता रहेका नेपाल प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारीअनुसार रौतहट घर भई जिल्ला ललितपुर महानगरपालिका–१४ नखिपोट कान्तिपुर कोलोनी बस्ने ५ वर्षीय सेतु शाह, ओखलढुङ्गा घर भई ललितपुर बस्ने ४० वर्षीय देवराज कार्की, रौतहट गौर गाउँपापालिका–६ घर भई ललितपुर महानगरपालिका–१४ नखिपोट कान्तिपुर कोलोनी बस्ने ३२ वर्षीय बिकाउ शाह, ललितपुर महाङ्काल गाउँपालिका–३ गोटीखेल बस्ने एकै परिवारको उमेर नखुलेको ईश्वर तिमल्सिना, निजको आमा (नाम नखुलेको) र निजको श्रीमती गोमा तिमल्सिना बेपत्ता रहेको जनाएको छ । त्यस्तै, ललितपुर गोदावरी नगरपालिका–६ आनन्दवन अस्पतालमा काम गरी बस्ने ३० वर्षीये विवेक सिंह पनि बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ९ : १५ बजे

आज २०८२ साल भदौ २८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २८ गते शनिबार। आश्मिन

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन हुने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा

प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण समारोह (तस्बिरहरू)

काठमाडौँ – जेन-जी प्रदर्शनपछि निम्तिएको राजनीतिक शून्यता प्रधानमन्त्री सुशीला कार्कीले

प्रिय जेनजी, तपाईंहरूको योगदान अमूल्य छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले जेन–जी आन्दोलनमा सहभागि

नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्री भट्टराई सहभागी

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार शितल निवासमा सपथ