पाकिस्तानको हैदरावादमा १२ हजार बालबालिले लगाएनन् पोलियो खोप « Khabarhub

पाकिस्तानको हैदरावादमा १२ हजार बालबालिले लगाएनन् पोलियो खोप


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानको हैदरावाद जिल्लामा सञ्चालन गरिएको पोलियोविरुद्धको खोप अभियानमा झण्डै १२ हजार बालबालिका सहभागी नभएको पाइएको छ ।

यति धेरै सङ्ख्यामा बालबालिकाले खोप नलिएका कारण पोलियो उन्मूलनमा अझै ठूलो चुनौती देखा पर्ने चिन्ता उत्पन्न भएको छ ।

पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनका अनुसार जिल्लाका ११ हजार ७ सय ४ जना ५ वर्षमुनीका बालबालिकाले पोलियो खोप अभियानमा सहभागीता जनाएनन् ।

यस पटक जिल्लामा ८ दिन लामो पोलियो खोप अभियान सञ्चालन गरिएको थियो । तीमध्ये १० हजार ९ सय १३ बालबालिका घरमा थिएनन् भने ७ सय ९१ जना बालबालिकाका अभिभावकले खोप दिन अस्वीकार गरेका थिए ।

विश्व स्वास्थ्य संगठनको सहकार्यमा पाकिस्तानको स्वास्थ्य विभाग र जिल्ला प्रशासनले ८ दिने खोप अभियान सञ्चालन गरेका थिए । खोप अभियानका क्रममा ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मीलाई बन्धक बनाउनेदेखि हातपातसम्मका घटना भएको ट्रिब्युनले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ११ : १२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया