अन्तर्राष्ट्रिय

पाकिस्तानको हैदरावादमा १२ हजार बालबालिले लगाएनन् पोलियो खोप

By खबरहब

September 29, 2024

काठमाडौं – पाकिस्तानको हैदरावाद जिल्लामा सञ्चालन गरिएको पोलियोविरुद्धको खोप अभियानमा झण्डै १२ हजार बालबालिका सहभागी नभएको पाइएको छ ।

यति धेरै सङ्ख्यामा बालबालिकाले खोप नलिएका कारण पोलियो उन्मूलनमा अझै ठूलो चुनौती देखा पर्ने चिन्ता उत्पन्न भएको छ ।

पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनका अनुसार जिल्लाका ११ हजार ७ सय ४ जना ५ वर्षमुनीका बालबालिकाले पोलियो खोप अभियानमा सहभागीता जनाएनन् ।

यस पटक जिल्लामा ८ दिन लामो पोलियो खोप अभियान सञ्चालन गरिएको थियो । तीमध्ये १० हजार ९ सय १३ बालबालिका घरमा थिएनन् भने ७ सय ९१ जना बालबालिकाका अभिभावकले खोप दिन अस्वीकार गरेका थिए ।

विश्व स्वास्थ्य संगठनको सहकार्यमा पाकिस्तानको स्वास्थ्य विभाग र जिल्ला प्रशासनले ८ दिने खोप अभियान सञ्चालन गरेका थिए । खोप अभियानका क्रममा ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मीलाई बन्धक बनाउनेदेखि हातपातसम्मका घटना भएको ट्रिब्युनले जनाएको छ ।