बंगलादेशमा बाढी आएको मिथ्या सूचना प्रवाह « Khabarhub

बंगलादेशमा बाढी आएको मिथ्या सूचना प्रवाह


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले बाँध खोलिदिएका कारण बंगलादेशमा बाढी आएको भन्ने मिथ्या सूचना अहिले पनि सामाजिक सञ्जालमा प्रवाह भइरहेको छ । यस्ता मिथ्या सूचना प्रवाह गर्नमा बंगलादेशमा सक्रिय हिफाजत ए इस्लाम र जमात ए इस्लामीजस्ता संगठनको हात रहेको पाइएको छ ।

आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न ती संगठनले आफ्ना कार्यकर्ता परिचालन गरी पुराना भिडियो र फोटो सामाजिक सञ्जालमा पोस्ट गरेर मिथ्या सूचना प्रवाह गरेका पाइएको हो । सामाजिक सञ्जालमा भारतको त्रिपुरा राज्यमा रहेको गोमती नदीमा निर्मित बाँध खोलेका कारण बंगलादेशमा बाढी आएको दाबी गरिएका पोस्ट देख्न पाइन्छ ।

तर, त्यस किसिमका पोस्टमा पुराना फोटो र भिडियो, भारतकै अन्य ठाउँका बाँधका दृश्य र अन्य भ्रामक जानकारी दिइएको भेटिएका छन् । यीनै आरोपलाई आधार बनाउँदै केही समयअघि बंगलादेशको अन्तरिम मन्त्रिपरिषदका सूचना तथा प्रसारण मामिलाका सल्लाहकार मोहम्मद नाहिद इस्लामले बिना जानकारी भारतले बाँध खोलिदिएका कारण बंगलादेशले बाढीबाट जोगिन पूर्वतयारी गर्न नपाएको उल्लेख गरेका थिए ।

उता भारतीय विदेश मन्त्रालयले भने यस्तो आरोपको खण्डन गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारत र बंगलादेशबीच नियमित रुपमा जलस्रोत व्यवस्थापनसम्बन्धी जानकारी आदान प्रदान हुँदै आएको स्पष्ट पारेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ३ : १४ बजे

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,

‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’

काठमाडौं– पूर्वउपसभामुख एवं सांसद इन्दिरा रानामगरले चीनको सिचाङबाट नेपालले सम्पदा संरक्षण,