अपेक्षाअनुसार चिनियाँ औद्योगिक उत्पादन बढेन « Khabarhub

अपेक्षाअनुसार चिनियाँ औद्योगिक उत्पादन बढेन


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चिनियाँ औद्योगिक उत्पादनमा अपेक्षाअनुसारको वृद्धि नभएको पाइएको छ । चीनको राष्ट्रिय तथ्यांक ब्युरोले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत अगस्ट महिनामा अघिल्लो वर्षको तुलनामा औद्योगिक उत्पादन केबल ४.५ प्रतिशतले बढेको छ ।यो वृद्धिदर गत मार्चयताकै सबैभन्दा सुस्त हो ।

घरजग्गा बजारमा मन्दी छाइरहेका बेला यस्तो प्रतिवेदन सार्वजनिक भएको हो । चीनमा घरजग्गाको मूल्य लगातार घटिरहेको छ । चिनियाँ अर्थतन्त्रमा उपभोक्ताको विश्वासमा पनि कमी आइरहेको पाइएको छ ।

यसले गर्दा उपभोग्य वस्तुको मागमा पनि अपेक्षा अनुसार वृद्धि हुन सकेको छैन । चीनमा बेरोजगारी दर पनि ५ प्रतिशत रहेको देखिएको छ । बेरोजगारी दरलाई नियन्त्रण गर्नका लागि चीनले नयाँ कार्यक्रम घोषणा गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ५ : १७ बजे

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना