तीन महिनामै ३२ करोडको नरिवल आयात | Khabarhub Khabarhub

तीन महिनामै ३२ करोडको नरिवल आयात


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चालु आर्थिक वर्षको तीन महिनामा चाडवाड लक्षित गरी ३२ करोड नौ लाख रुपैयाँ बराबरको नरिवल भित्रिएको छ । आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असोजसम्म दसैँतिहार र छठ लक्षित गरी ६० लाख ६३ हजार ५९५ केजी नरिवल आयात भएको हो ।

भन्सार विभागका निर्देशक एवम्‌ सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठले पछिल्लो तीन महिनामा करिब एक अर्ब बढीको ‘ड्राई फ्रुटस्’ भित्रिएको जानकारी दिए । भारत र चीनलगायत देशबाट नरिवलसँगै, काजु, बदाम, अलमण्ड, पिस्ता, सुपारी, खजुर, छोकडा, अन्जिर र किसमिस पनि भित्रिएको उनले बताए ।

विभागले सङ्कलन गरेको तथ्याङ्कअनुसार २६ करोड दुई लाख रुपैयाँको दुई लाख ९८ हजार ९४६ केजी काजु, १८ करोड ६० लाख रुपैयाँको दुई लाख ३२ हजार ६९३ केजी बदाम र अलमण्ड आयात भएको छ । २० करोड ९८ लाख रुपैयाँको छ लाख सात हजार २२५ केजी ओखर आयात भएको छ ।

यस्तै, एक करोड ४५ लाख रुपैयाँ बराबरको पिस्ता १२ हजार ७७७ केजी, २१ करोड ६२ लाख रुपैयाँमा १७ लाख १४ हजार ४१९ केजी सुपारी, एक करोड ३० लाख रुपैयाँको एक लाख २४ हजार १७७ केजी खजुर र छोकडा आयात भएको छ ।

४१ हजार ५५० केजी अंजिर दुई करोड ६५ लाख रुपैयाँमा, तीन लाख २४ हजार छ६७५ केजी किसमिस १० करोड ६२ लाख रुपैयाँमा आयात गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । यस्तै, दिपावलीमा प्रयोग गरिने विभिन्न किसिमका बत्ती चार करोड ७४ लाख मूल्य बराबरको  आयात गरिएको छ ।

विभागका अनुसार यस वर्ष अघिल्लो वर्षको तुलनामा बदाम, अलमण्ड र ओखरको आयात कम भएको छ । तुलनात्मक रुपमा बदाम र अलमण्डको आयात सात प्रतिशतले कम छ । यस्तै; ओखर ४४ दशमलव ६ प्रतिशतले कम आयात भएको छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष बत्तीको आयात ५८ प्रतिशतले कम भएको तथ्याङ्कले देखाउँछ । अघिल्लो वर्ष तीन महिनामा नौ करोड ८४ लाख रुपैयाँ बराबरको सात लाख ७८ हजार ५८२ थान बत्ती आयात भएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ९ : १५ बजे

धितोपत्र बोर्डका अध्यक्षलाई शेयर बजारको स्वागत, ३३ अंकले बढेर २७ सय नाघ्यो नेप्से

काठमाडौं- नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई नेपाल स्टक एक्सचेञ्ज

कोशीका पूर्वमन्त्री अधिकारीको बयान : म आफैँ पीडित हुँ, न्याय मलाई चाहियो

काठमाडौं- जापान जाने क्रममा मानव तस्करी गरेको अभियोगमा पक्राउ परेका

‘स्वास्थ्यमा छरिएर रहेका कार्यक्रम स्वास्थ्य बीमा बोर्ड अन्तर्गत चलाउन आवश्यक’  

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबै छरिएका स्वास्थ्य

मेची सहकारी : बैंकभन्दा बढी विश्वास, सदस्यलाई उद्योगदेखि घरसम्म

काठमाडौं – अहिले सहकारी सञ्‍चालकले करोडौं डुबाएर भागे वा बचत

घरको फोहोर सडकमा थुपार्दा कुलेश्वरका कुवेरलाई १० हजार जरिवाना

काठमाडौं- काठमाडौं महानगरपालिकाले घरको फोहोर सडकमा थुपार्ने एकजना व्यक्तिलाई १०