२९ तोला सुनसहित दुईजना पक्राउ « Khabarhub

२९ तोला सुनसहित दुईजना पक्राउ


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – रुपन्देही प्रहरीले राजस्व छली गरी ल्याएको साढे २९ तोला बढी सुनसहित दुईजना नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार धनतेरसका अघिल्लो रात सोमबार करिब १० बजेतिर पश्चिमबाट पूर्व जाँदै गरेको लु२ख ६५४२ नम्बरको बसमा खानतलासी गर्दा साढे ४९ लाख रुपैयाँ बराबरको उक्त सुन बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले राजस्व छली गरी अवैध रुपमा सुन ल्याएको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले खानतलासी गर्दा बसका सहचालक कपिलवस्तुको वाणगङ्गा नगरपालिका–८ बस्ने वर्ष ३३ को अकबर अलि मिया उक्त धातुसहित पक्राउ परेको जानकारी दिए ।

बुटवल उपमहानगरपालिका–८ रामनगरस्थित पूर्व पश्चिम राजमार्गमा बस रोकेर खानतलासी गर्दा मियाले दायाँ खुट्टाको जुत्ताभित्र खैरो रातो बुट्टे लेडिज ब्यागमा लुकाएको अवस्थामा बिस्कुट आकारको दुई थान सुन बरामद भएको खनालले जानकारी दिए ।

उक्त सुनको बजार मूल्य ४९ लाख ५४ हजार ८१७ रुपैयाँ रहेको रहेको प्रहरीले जनाएको छ । प्रहरीले मियासहित अर्घाखाँची सुनचाँदी पसलका सञ्चालक सन्तोष सुनारसमेतलाई पक्राउ गरी थप अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको प्रहरी नायब उपरीक्षक खनालले बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  १० : ३७ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको

न्यायालयमा ‘स्याउको बाकस’ काण्ड: बल्झियो ‘सुपरस्टोर’ र बिचौलियाको बहस

बाहिरबाट हेर्दा फलफूलको सामान्य कार्टुन जस्तो देखिने ‘स्याउको बाकस’ भित्र

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

काठमाडौँ – आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा