पाटन प्रिमियर लिगः पञ्चेश्वर अन्तिम चारमा सुरक्षित « Khabarhub

पाटन प्रिमियर लिगः पञ्चेश्वर अन्तिम चारमा सुरक्षित


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बैतडी – यहाँको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिगको सुपर सिक्सका खेल सम्पन्न भएका छन् । सुपर सिक्सका खेलबाट चार समूह सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सोमबार सम्पन्न सुपर सिक्सको अन्तिम खेलमा पञ्चेश्वर गाउँपालिकाको टोली लगातार दोस्रो उत्कृष्ट जीतका साथ समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । सेमिफाइनलमा सुरक्षित हुने क्रममा पञ्चेश्वरले कुलगडे क्रिकेट क्लबमाथि दुई सय २४ रनको जीत निकाल्यो ।

पञ्चेश्वरले दिएको तीन सय रनको विशाल लक्ष्य पछ्याएको कुलगडे १२.५ ओभरमा ७५ रनमा समेटियो। कुलगडेका विवेक चन्दले ३९ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । पञ्चेश्वरका हिक्मत महराले चार, भोजराज भट्ट र दिनेश महराले दुई÷दुई विकेट हात पारे ।

यसअघि श्रीकृष्ण मावि पाटनको खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पञ्चेश्वरले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा दुई सय ९९ रन बनायो । पञ्चेश्वरका वसन्त कार्कीले शतकीय पारी खेल्दै एक सय ४५ रनमा अविजित रहे । वसन्तले हिर्काएको रन पाटन प्रिमियर लिगमा इतिहासको दोस्रो व्यक्तिगत उच्च अङ्क रहेको आयोजकले जनाएको छ ।

यसअघि पञ्चेश्वरका अभिषेक पालले एक सय ६५ रन बनाउँदै कीर्तिमान बनाएका थिए । सोमबारको खेलमा अभिषेकले २८, वीरेन्द्र नाथले २१, सुनील चन्द ३३, नरेश चन्दले ३८ रन जोडे । कुलगडेका सुरज ठगुन्नाले दुई विकेट लिए ।

पञ्चेश्वर समूहबाट आयोजक पाटन क्रिकेट क्लब उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको छ । पाटन क्रिकेट क्लबको आयोजनामा गत असोज ३० गतेदेखि सुरू भएको प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ।

प्रतियोगिताको प्रथम पुरस्कार एक लाख २३ हजार चार सय ५६ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरण चन्दले जानकारी दिए । द्वितीय पुरस्कार ५६ हजार सात सय ८९ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ ।

‘म्यान अफ द सिरज’बापत १२ हजार तीन सय ४५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । ‘बेस्ट बलर’ र ‘ब्याट्सम्यान’लाई पनि समान रु छ हजार सात सय ८९ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष चन्दले जानकारी दिए ।

यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग, दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ) र तेस्रो मेलौली नगरपालिकाले हात पारेको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ७ : ४२ बजे

कांग्रेस सांसद साहविरुद्ध पक्राउ पुर्जी, घरमै पसे व्यापारीमाथि गरेका थिए कुटपिट

काठमाडौं- नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साहविरूद्व बिहीबार पक्राउ पुर्जी जारी

उपराष्ट्रपति यादव कतार भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

काठमाडौं- उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी बिहीबार

गभर्नरलाई बोलाएर प्रधानमन्त्रीले भने : अर्थतन्त्रलाई गतिशील बनाउन सहजीकरण गर्नू, लचकता अपनाउनू

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील, बलियो

इङ्लिस किपर पिकफोर्डको पानीको बोतलमा के पढिरहेका थिए मेस्सी ?

काठमाडौं- अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले एउटा पानीको बोत्तलमा ध्यानपूर्वक पढिरहेको

उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ न्यायाधीशको एकैपटक सरुवा

काठमाडौं– न्याय परिषद्ले सयौँ न्यायाधीशको एकैपटक सरुवा गरेको छ ।