७४ वर्षीय वृद्धको महको गुलियो व्यापार | Khabarhub Khabarhub

७४ वर्षीय वृद्धको महको गुलियो व्यापार


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बागलुङ – जिल्लाको जैमिनी नगरपालिका-७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्यायले ३१ वर्षदेखि निरन्तर मौरीपालन व्यवसाय गर्दै आएका छन्। मौरीपालनबाट उनले वार्षिक १२ देखि १५ लाखसम्म आम्दनी गर्छन्।

घर्कंदो उमेरमा पनि उनी हट्टाकट्टा देखिन्छन्। काम गर्ने जोस जाँगर पनि युवाको जत्तिकै छ। उपाध्यायको घरका बार्दली र बारीका छेउ मौरीका घारैघारले भरिएका छन्। मौरीको घुनुघुनु आवाजसँगै सुरु हुने उपाध्यायको दैनिकी बारीमा काम गरेर बित्ने गरेको छ।

उपाध्यायका अनुसार बार्दली र बारीमा गरी हाल दुई सय बढी घरमा मौरी छन्। वैदेशिक रोजगारीमा जान असफल भएपछि उनले वि.सं. २०५० देखि व्यावसायिक रुपमा मौरीपालन गर्न थालेका हुन्।

तीन दशक मौरीपालन गरेका उपाध्यायले हाल सुन्तला, ड्रागन र कागतीखेती समेत गर्न थालेको बताए। उनको बारीमा पुग्दा फलफूलसँगै अदुवा, लटरम्म फलेका गोलभेँडा र तरकारी फलेका देख्न सकिन्छ।

जैमिनी क्षेत्रमा अगुवा मौरीपालक कृषकका रुपमा परिचित उपाध्यायले फलफूल र तरकारी बिक्री गरी लाखौँ आम्दानी गर्दै आएका छन्।

वर्षमा १२ क्विन्टल मह बिक्री गर्ने बताउँदै उनले सबै खर्च कटाएर १२ देखि १५ लाखसम्म आम्दानी हुँदै आएको जानकारी दिए।

मह प्रतिकेजी एक हजार तीन सयमा बिक्री हुने भन्दै घरबाटै बिक्री हुने भएकाले बजारीकरणको समस्या नभएको उनले बताए।

महको माग निकै बढेको हुँदा पुर्याउन नसकेको उपाध्यायको भनाइ छ। कहिलेकाहीँ रोग लाग्ने, आहारको कमी हुनेलगायत समस्या हुने उनको भोगाइ छ।

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले गाउँमा बसेर व्यावसायिक कृषि गर्ने किसानलाई नगरपालिकाले प्रोहोत्सान गर्ने कार्यक्रम सञ्चालन गरिरहेको बताए।

पछिल्लो समय गाउँमै व्यवसाय गर्नतर्फ धेरैले चासो देखाएको भन्दै नगरपालिकाले कृषकमुखी कार्यक्रम ल्याउने योजना बनाइरहेको उपप्रमुख शर्माको भनाइ छ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ८ : १० बजे

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै

काठमाडौं–  प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आइतबारको बैठकमा सञ्चार

स्पेसएक्सले एक्सएआईमा दुई अर्ब अमेरिकी डलर लगानी गर्ने

न्यूयोर्क– एलन मस्कको स्पेसएक्सले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्सएआईमा दुई

नवराज सुवेदीको तर्क- राप्रपा छोड्छु भनेकै थिइनँ, लिङ्देन स्वेच्छाचारी हुन थाले

काठमाडौं- राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफूलाई

‘दुखी आत्मा’को असफतापछि ‘मुनामदनको ब्रेकअप’ निर्देशन गर्दै दीपेन्द्र, हिरो राज कटुवाल

काठमाडौं – दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘मुनामदनको ब्रेकअप’ बन्ने भएको

प्रधानमन्त्रीबाट मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति