इजरायलको नयाँ विधेयकले प्यालेस्टाइनमा थप संकट « Khabarhub

इजरायलको नयाँ विधेयकले प्यालेस्टाइनमा थप संकट


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम – इजरायली संसद्ले संयुक्त राष्ट्र सङ्घीय प्यालेस्टाइनी रेफ्युजी एजेन्सी (अन्रव) लाई इजरायल अधीनस्थ प्यलोस्टाइनको गाजामा गतिविधि गर्न प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ।

अन्रव र इजरायलको सम्झौता पनि भङ्ग गरिएको छ। अन्रव इजरायलसँगको कानुनी वैधता पनि सकिएको छ। अमेरिका, बेलायत र जर्मनीले यस घटनामा गम्भीर चासो देखाएका छन्।

बेलायती विदेश सचिव डेभिड लेमीले यसलाई पूर्ण रूपमा गलत भनेका छन्। उन्रवका प्रमुख फिलिप लाजारानीले यसले प्यालीस्टाइनी अझ गहिरो दुखमा पुग्ने बताएका छन्।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटिरेजले इजरायल प्यालेस्टाइन युद्धलाई अझ जटिल बनाएको तथा त्यहाँको अवस्था अझ बिग्रन सक्ने चेतावनी दिएका छन्।

अमेरिकी विदेश विभागले त्यहाँ मानवीय सहयोगको कार्य अझ कठिन बनेको जनाएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उन्रव आतङ्कवादी गतिविधिमा संलग्न भएको आरोप लगाएका छन्।

इजरायलले उन्रवका १९ जना ७ अक्टोबरमा हमासले गरेको आक्रमणमा समेत सरिक भएको जनाएको छ। राष्ट्र संघले यसको अनुसन्धान गर्दै ९ जनालाई बर्खास्त गरी सकेको छ। इजरायलको संसद् नेसेटको बहुमतले सोमबार २ विधेयक पारित गरेको हो। उन्रवले गत एक दशक देखि गाजाका शिक्षा र स्वास्थ्यमा सहयोग गरी रहेको छ।

गत वर्ष युद्ध सुरु भएदेखि तल्लो तहदेखि नै त्यहाँ सहयोग गर्ने काम निरन्तर भइरहेको छ। उन्रवका कमिस्नर फिलिप लाजारनीले यसलाई राष्ट्र सङ्घीय चार्टर तथा अन्तर्राष्ट्रिय कानुनको विपरीत भएको जनाएका छन्। यो निर्णयले गाजामा रहेका ६ लाख ५० हजार बाल बालिकाको शिक्षा तथा स्वास्थ्यमा खेलबाड गरिएको जनाएका छन्।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ९ : ३२ बजे

कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन (तस्बिर)

काठमाडौँ– पत्रकारको पक्राउ र सञ्चार गृहमा प्रहरीले शुक्रबार गरेको धरपकडविरुद्ध

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ