इजरायलको नयाँ विधेयकले प्यालेस्टाइनमा थप संकट « Khabarhub

इजरायलको नयाँ विधेयकले प्यालेस्टाइनमा थप संकट


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम – इजरायली संसद्ले संयुक्त राष्ट्र सङ्घीय प्यालेस्टाइनी रेफ्युजी एजेन्सी (अन्रव) लाई इजरायल अधीनस्थ प्यलोस्टाइनको गाजामा गतिविधि गर्न प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ।

अन्रव र इजरायलको सम्झौता पनि भङ्ग गरिएको छ। अन्रव इजरायलसँगको कानुनी वैधता पनि सकिएको छ। अमेरिका, बेलायत र जर्मनीले यस घटनामा गम्भीर चासो देखाएका छन्।

बेलायती विदेश सचिव डेभिड लेमीले यसलाई पूर्ण रूपमा गलत भनेका छन्। उन्रवका प्रमुख फिलिप लाजारानीले यसले प्यालीस्टाइनी अझ गहिरो दुखमा पुग्ने बताएका छन्।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटिरेजले इजरायल प्यालेस्टाइन युद्धलाई अझ जटिल बनाएको तथा त्यहाँको अवस्था अझ बिग्रन सक्ने चेतावनी दिएका छन्।

अमेरिकी विदेश विभागले त्यहाँ मानवीय सहयोगको कार्य अझ कठिन बनेको जनाएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उन्रव आतङ्कवादी गतिविधिमा संलग्न भएको आरोप लगाएका छन्।

इजरायलले उन्रवका १९ जना ७ अक्टोबरमा हमासले गरेको आक्रमणमा समेत सरिक भएको जनाएको छ। राष्ट्र संघले यसको अनुसन्धान गर्दै ९ जनालाई बर्खास्त गरी सकेको छ। इजरायलको संसद् नेसेटको बहुमतले सोमबार २ विधेयक पारित गरेको हो। उन्रवले गत एक दशक देखि गाजाका शिक्षा र स्वास्थ्यमा सहयोग गरी रहेको छ।

गत वर्ष युद्ध सुरु भएदेखि तल्लो तहदेखि नै त्यहाँ सहयोग गर्ने काम निरन्तर भइरहेको छ। उन्रवका कमिस्नर फिलिप लाजारनीले यसलाई राष्ट्र सङ्घीय चार्टर तथा अन्तर्राष्ट्रिय कानुनको विपरीत भएको जनाएका छन्। यो निर्णयले गाजामा रहेका ६ लाख ५० हजार बाल बालिकाको शिक्षा तथा स्वास्थ्यमा खेलबाड गरिएको जनाएका छन्।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ९ : ३२ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,