ट्रक दुर्घटना हुँदा चालकको मृत्यु  « Khabarhub

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु 


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

रामपुर – पाल्पाको रम्भा गाउँपालिका– ३ अगाहाखोलास्थित सिद्धार्थ राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ९३५१ नं को ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा रम्भा गाउँपालिका– ३ बस्ने २३ वर्षीय ट्रक चालक भुवन सिंह रानाको मृत्यु भएको हो ।

सोमबार राति ११ बजे भएको दुर्घटनामा घाइते भएका चालक रानालाई उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको थियो । उक्त अस्पतालमा उपचारको क्रममा चालक रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए। 

रानाले चलाएको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना १ क ७१२१ नं को ट्रकलाई पछाडिबाट ठक्कर दिएका थिए । ठक्कर दिइसकेपछि चालक राना दाहिने खुट्टा च्यापिएको अवस्थामा भेटिएका थिए ।

 रानाको ट्रकले ठक्कर दिएका अर्का ट्रकका सहचालक स्याङ्जा वालिङ नगरपालिका– १० बस्ने २१ वर्षीय सञ्जीत खवास थापा घाइते भएको प्रहरीले जनाएको छ ।

 उक्त ट्रकका चालक वालिङ ९ बस्ने ५६ वर्षीय गुप्तबहादुर गुरुङ भने सकुशल छन् । दुर्घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  १२ : २१ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ