रास्वपा उपसभापति अर्यालले भेटे गृहमन्त्री लेखकलाई, के-के भयो कुराकानी ? « Khabarhub

रास्वपा उपसभापति अर्यालले भेटे गृहमन्त्री लेखकलाई, के-के भयो कुराकानी ?

रविलाई लामो समय हिरासतमा नराख्न आग्रह


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


861
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभापति रवि लामिछाने डेढ सातादेखि प्रहरी हिरासतमा रहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन्।

सोमबार साँझ हाल रास्वपाको नेतृत्व अनौपचारिक रुपमा सम्हालिरहेका अर्यालले गृहमन्त्री लेखकलाई भेटेका हुन् । यो भेटको पुष्टि स्वयम् अर्यालले खबरहबसँग गरेका छन् ।

भेटबारे जानकारी दिँदै अर्यालले भने , ‘भेटमा मंगलबारको बालुवाटारकेन्द्रित आन्दोलनबारे छलफल भएको छ । हामीले बालुवाटार र माइतीघरकेन्द्रित आन्दोलन गरिरहेका छौँ । यहीबारे मैले गृहमन्त्रीलाई जानकारी गराएको हुँ।’

भेटमा पार्टी सभापति लामिछानेको विषयमा कुरा गर्नुभएन भन्ने प्रश्नमा उनले भने, ‘त्यतातिर अहिले कुरा नगरौँ, बालुवाटारकेन्द्रित आन्दोलनबारे हामीले कुरा गरेका छौँ। मैले शान्तिपूर्ण आन्दोलनलाई सरकारी हस्तक्षेप नहोस् भनेको छु ।’

अर्यालले खुलाउन नचाहे पनि राजनीतिक प्रतिशोधका आधारमा रास्वपा सभापति लामिछानेलाई पक्राउ गरिएको गुनासो उनले गृहमन्त्रीसँग राखेका छन् । प्रतिशोध लिएर लामिछानेलाई पक्राउ गरिएको जस्तो गतिविधि नदोहोर्‍याउन अर्यालले गृहमन्त्रीलाई आग्रह गरेको स्रोतले उल्लेख गरेको छ ।

भेटमा अर्यालले गृहमन्त्री लेखकसँग लामिछानेलाई लामो समय हिरासतमा नराख्न र राजनीतिक प्रतिशोधका आधारमा दुःख नदिन आग्रह गरेका स्रोतले उल्लेख गरेको छ ।

जवाफमा गृहमन्त्री लेखकले कानुनअनुसार कारबाही हुने भन्दै अदालती प्रक्रियामा गइसकेको कुरालाई राजनीति प्रतिशोध भन्न नमिल्ने बताएका थिए।

लेखकले शान्तिपूर्ण आन्दोलनका नाममा भिडभाड गरेर अनुसन्धानलाई प्रभावित नपार्न आग्रहसहित बरु सहयोग गर्न अर्याललाई आग्रह गरेको बताइएको छ ।

तर यस भेटबारे गृहमन्त्री लेखकले केही बोलेका छैनन् । उनको सचिवालयले पनि अर्यालसँगको भेटबारे मौनता साँधेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  १२ : ५१ बजे

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ- नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले

सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न