कृषिमा नयाँ सोचका साथ काम गर्न आवश्यक  : मन्त्री अधिकारी  « Khabarhub

कृषिमा नयाँ सोचका साथ काम गर्न आवश्यक  : मन्त्री अधिकारी 


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज – कृषि तथा पशुपंछी विकास मन्त्री रामनाथ अधिकारीले गरीब र निमुखा जनताको जीवनस्तर उकास्ने गरी नयाँ  सोचका साथ काम गर्न आवश्यक रहेको बताएका छन् । 

नेपाल कृषि अनुसन्धान परिषद कृषि अनुसन्धान निर्देशनालय खजुराको आज निरीक्षण गर्दै मन्त्री अधिकारीले किसानसँग नजिक हुने र उत्पादन वृद्धि गर्ने गरी काम गर्नुपर्ने आवश्यकता औंल्याए । उनले कृषि वैज्ञानिक र प्राविधिकहरूलाई नयाँ नयाँ रोग र समस्या पत्ता लगाउनतर्फ केन्द्रित हुन आग्रह गरे।

 ‘कृषि वैज्ञानिक र प्राविधिकहरू कृषि कर्म गर्नेहरूका अभिभावक हो, त्यसैले उहाँहरूसँग निरन्तर साक्षात्कार गर्नुस्’ मन्त्री अधिकारीले भने- ‘कृषि सुधार्न तपाईंहरूको अहम् भूमिका छ ।’ 

मन्त्री अधिकारीले कृषि विकासमा देखिएका थुप्रै समस्या सुधार गर्न प्रयत्‍न भइरहेको बताए। नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का समस्या चाँडो भन्दा चाँडो व्यवस्थापन गर्ने गरी काम भइरहेको उनले जानकारी दिए। नार्कमा देखिएको जनशक्ति अभावलाई सम्बोधन गर्न नसकिएको स्विकार्दै मन्त्री अधिकारीले यसमा पनि काम भइरहेको बताए। 

नार्क आफैँमा ऐतिहासिक पृष्ठभूमि बोकेको संस्था भएर पनि लथालिङ्ग र विचलित अवस्थामा पुग्नु दुःखद भएको उनको टिप्पणी छ । मन्त्री अधिकारीले आत्मालोचना, आत्ममूल्याङ्कन र आत्मसमीक्षा गरेर आ-आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाउन कर्मचारीलाई आग्रह गरे । यसैगरी खजुरामै रहेको कोसेबाली अनुसन्धान कार्यक्रमको पनि मन्त्री अधिकारीले निरीक्षण गरेका छन् । 

कार्यक्रम संयोजक डा. अनिल पोख्रेलले कार्यक्रमबारे जानकारी गराएका थिए । मन्त्री अधिकारीले नेपालगन्ज दुग्ध वितरण आयोजना कोहलपुरको पनि अवलोकन गरेका छन् । आयोजना प्रमुख दिलिप चौधरीले आयोजनाका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  १२ : ५० बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली