कांग्रेसद्वारा ललितपुरका बाढीपीडितलाई आर्थिक सहयोग | Khabarhub Khabarhub

कांग्रेसद्वारा ललितपुरका बाढीपीडितलाई आर्थिक सहयोग


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सत्ता साझेदार नेपाली कांग्रेसले असोजमा परेको अविरल वर्षापछि गएको बाढीपहिरोमा परी मृत्यु भएका ललितपुरका ४६ जनाका परिवारलाई आर्थिक सहयोग गरेको छ। 

कांग्रेसले असोज १० देखि १३ सम्म परेको वर्षाका कारण गएको बाढीपहिरोमा परी मृत्यु भएका ललितपुरका ४६ जनाका परिवारलाई मंगलबार जनही २५ हजारका दरले आर्थिक सहयोग गरेको हो । 

सभापति शेरबहादुर देउवाले बाढीपहिरोबाट मृत्यु भएका देशभरका २५० जनाका आफन्तजन मध्ये पहिलो चरणअन्तर्गत ललितपुरका ४६ जनाका परिवारलाई जनही २५ हजार रुपैयाँका दरले आर्थिक सहयोग गरेको कांग्रेसले जनाएको छ । 

ललितपुरको गोदावरीमा रहेको वेलकम पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरेर कांग्रेसले उनीहरूलाई आर्थिक सहयोग गरेको हो । 

केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको सहयोग तथा संयोजनमा सिन्धुपाल्चोकका स्थानीय तह बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका र त्रिपुरा सुन्दरी गाउँपालिकाले कांग्रेसलाई नगद सहयोग गरेका थिए । 

कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले विपद् व्यवस्थापन कोषमा संकलित २ लाख १५ हजार रुपैयाँ बागमती गाउँपालिका– ६ आश्रमको सुकुम्बासी बस्तीका पीडित परिवारलाई दिने निर्णय गरेको छ । उक्त स्थानमा बागमती नदीले कटान गर्दा सुकुम्बासी बस्तीका १० घर बगाएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  १२ : ५७ बजे

हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथामा

सोलुखुम्बु – पछिल्लो एक सातामा दुई सय २८ जना विदेशी

भारतका कप्तान रोहित प्लेइङ ११ बाहिर : टेस्टबाट सन्यासको सम्भावना

अस्ट्रेलिया – भारतले अस्ट्रेलियासँगको पाँचौँ टेस्टमा रोहित शर्मालाई मैदान बाहिर

विश्व बैंकका तीन सडक एकसाथ स्तरोन्नति

गलकोट– विश्व बैंकको सहयोगमा बागलुङ नगरपालिकाभित्र आधा अर्ब लागतमा तीन

आज देशभरको मौसम सफा रहने  

काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा

बझाङमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

बझाङ – गएराति बझाङको तलकोट गाउँपालिकामामा जिप दुर्घटना हुँदा चार