खरिपाटीमा बस दुर्घटना हुँदा १० जना घाइते, दुई गम्भीर « Khabarhub

खरिपाटीमा बस दुर्घटना हुँदा १० जना घाइते, दुई गम्भीर


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – चाँगुनारायण नगरपालिकाको तलकोटबाट यात्रु बोकेर आएको यात्रुवाहक बस आज खरिपाटीस्थित घुमाउनेमा दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।

नगरपालिका कार्यालयसँगै घुमाउनेमा तीव्र गतिमा आएको प्रदेश-३-०१-००६ ख ०३१२ नंको बस अनियन्त्रित भई सडकको खम्बामा ठोक्किएर दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी परिसरका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिए।

घाइतेहरूको भक्तपुर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। दुर्घटनाका प्रत्यक्षदर्शी गोकर्ण पुरीले बस दुर्घटनामा घाइतेको आफूहरूले उद्धार गरी एम्बुलेन्समा हालेर भक्तपुर अस्पताल पठाएको र अगाडि बस्ने दुईजनाको अवस्था भने गम्भीर रहेको जानकारी दिए। 

बस खम्बामा ठोक्किएर दुर्घटना हुँदा विद्युत्को खम्बासमेत भाँचिएको उनले जानकारी दिए।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  १ : ३० बजे

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा