बालीमा लाग्ने नयाँ रोग र समस्या पत्ता लगाउन आग्रह « Khabarhub

बालीमा लाग्ने नयाँ रोग र समस्या पत्ता लगाउन आग्रह


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि वैज्ञानिक र प्राविधिकलाई बालीमा लाग्ने नयाँ रोग र समस्या पत्ता लगाउनतर्फ केन्द्रित हुन आग्रह गरेका छन् । 

नेपाल कृषि अनुसन्धान परिषद् कृषि अनुसन्धान निर्देशनालय खजुराको आज निरीक्षण गर्दै उनले किसानसँग नजिक भएर उत्पादन वृद्धि गर्नेगरी काम गर्न निर्देशन दिए। 

मन्त्री अधिकारीले भने, ‘कृषि वैज्ञानिक र प्राविधिकहरु कृषि कर्म गर्ने किसानका अभिभावक हुन्, त्यसैले उनीहरुसँग निरन्तर साक्षात्कार गर्नुहोस् र किसानलाई प्रविधिसँग जोड्न सहजीकरण गर्नुस् ।’

मन्त्री अधिकारीले कृषि विकासमा देखिएका थुप्रै समस्या सुघार गर्न प्रयास गरेको जानकारी दिँदै नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० का समस्या चाँडोभन्दा चाँडो व्यवस्थापन गरिने उल्लेख गरे । 

उनले नार्क आफैँमा ऐतिहासिक पृष्ठभूमि बोकेको संस्था भएर पनि लथालिङ्ग र विचलित अवस्थामा पुग्नु दुःखद भएको टिप्पणी गर्दै आत्मालोचना, आत्ममूल्यांकन र आत्मसमीक्षा गरेर आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाउन कर्मचारीलाई आग्रह गरे। 

कृषि अनुसन्धान निर्देशनालय खजुराका निर्देशक डा. समीद अहमदले हाल दुई स्थान ठाकुरबाबा–३ मिर्चैया बर्दिया र शिवराज–३ सोनवर्षा कपिलवस्तुमा अनुसन्धान केन्द्र विस्तार गरिएको जानकारी दिए । 

निर्देशक अहमदका अनुसार आर्थिक वर्ष २०७९-८० देखि निर्देशनालयले लमही–२ केरुनिया दाङमा नार्क प्रविधि गाउँ सञ्चालन गरिएको छ । उनले जनशक्तिको चरम अभाव ब्यहोरिरहेको जानकारी गराए । 

खजुरामा रहेको कोसेबाली अनुसन्धान कार्यक्रमको पनि मन्त्री अधिकारीले निरीक्षण गरे। कार्यक्रम संयोजक डा अनिल पोख्रेलले कोशेबाली कार्यक्रमबारे जानकारी गराएका थिए । मन्त्री अधिकारीले नेपालगन्ज दुग्ध वितरण आयोजना कोहलपुरको पनि अवलोकन गरे। 

आयोजना प्रमुख दिलीप चौधरीले आयोजनाका बारेमा जानकारी गराएका थिए । उनले किसानको दूधको बक्यौताबारे जिज्ञासा राखेका थिए । 

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  १ : ५१ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार