‘ह्रस्व दीर्घ’को निर्देशनबाट किन पछि हटिन् नीता ? « Khabarhub

‘ह्रस्व दीर्घ’को निर्देशनबाट किन पछि हटिन् नीता ?


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका नीता ढुङ्गाना फिल्म निर्देशनमा फट्को मार्न खोजिरहेकी छन् । उनले पछिल्ला तीन/चार वर्षयता सार्वजनिक स्थानमै निर्देशनमा हात हाल्ने बताउँदै आएकी छन् ।

आगामी कात्तिक ३० गते प्रदर्शन तय भएको फिल्म ‘ह्रस्व दीर्घ’मा उनकै निर्देशन रहने चर्चा पनि चलेको हो । तर, नीता यस फिल्मको निर्देशनबाट पछि हटिन् । निर्देशकमा चन्द्र पन्तको प्रवेश भयो ।

यद्यपि; नीताले यस फिल्मबाट आफ्नो परिचय विस्तार भने गरिन् । उनी फिल्म निर्मात्री बनिन् । फिल्म प्रदर्शनबारे जानकारी दिन हात्तीसारमा सोमबार गरिएको पत्रकार सम्मेलनमा आफूले यस फिल्म निर्देशन नगर्नुको कारणबारे बोलेकी छन् ।

यो पनि…

फिल्म ‘ह्रस्व दीर्घ’का निर्देशक भन्छन्- ब्रह्मानन्दमको भूमिका जितुलाई प्रस्ताव गरिएको थियो

सुरुवाती चरणमा अनुमान गरिए भन्दा फिल्म ठूलो प्रोजेक्टका रूपमा विकास भएकाले आफू निर्देशनबाट पछि हटेको नीताको भनाइ छ ।

उनले अगाडि भनिन्, ‘ठूलो क्यान्भासमा यो फिल्म बन्ने भएपछि म पछि हटेको हो । परिपक्क निर्देशकको आवश्यक महसुस भयो ।’

निर्देशकमा पन्त भित्रिएपछि फिल्म अझ ठूलो क्यान्भासमा विकास भएको उनले सुनाइन् । भनिन्, ‘चन्द्र दाइ आएपछि फिल्म झन् ठूलो भयो । भारतीय कलाकारहरूलाई समेत फिल्ममा खेलाउने परिस्थिति निर्माण भयो ।’

फिल्म ‘ह्रस्व दीर्घका निर्देशक चन्द्र पन्त ।

फिल्ममा भारतीय कलाकारको भूमिका

प्रचारमा लागि सहयोग पुग्ने आशयले नेपाली फिल्ममा भारतीय कलाकारलाई अभिनय गराएको विगत पनि छ । प्रचारकै लक्ष्यले अनुबन्ध गराउँदा भारतीय कलाकारलाई सानो भूमिका दिइएको पाइन्छ ।

यस फिल्ममा पनि ब्रह्मानन्दम, प्रकाश रावत, मुहम्मद अली, सुनील बर्मा र कबिर दुहनलगायत भारतीय कलाकारको अभिनय छ । सोहीकारण प्रचारका लागि भारतीय कलाकार भित्र्याएको आरोप निर्माण पक्षलाई स्वभाविक लागेको छ ।

यो आरोपबारे फिल्म निर्देशक चन्द्र पन्त पनि जानकार छन् । तर, कथाको मागअनुसार नै भारतीय कलाकार भित्र्याइएकोले यस आरोप ‘ह्रस्व दीर्घ’मा लागु नहुने उनको दाबी छ ।

‘यस फिल्ममा ब्रह्मानन्दमको २५-२६ सिन छ । सायद उहाँले गरेका १४०० फिल्ममध्ये यसमै ठूलो भूमिका होला,’ कलाकारको भूमिकाबारे उनी भन्छन्, ‘प्रदीप रावतले १२ दिन छायाङ्कन गर्नुभयो । उहाँको भूमिका झन् कति होला ?’

सुनील बर्माको भने सानो र शक्तिशाली भूमिका रहेको पन्तले खुलाए । आरोप खण्डन गर्दै उनले भने, ‘हामीले नाम होइन, कामका लागि भारतीय कलाकार ल्याएका हौं ।’

थप…

हरिहरलाई प्रश्न : ‘ह्रस्व दीर्घ’को ग्रह कस्तो छ ?

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ३ : ०८ बजे

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको