शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गर्छौँ : स्वास्थ्यमन्त्री  « Khabarhub

शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गर्छौँ : स्वास्थ्यमन्त्री 


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं निर्माण भएर पनि पूर्वाधार अभावमा सेवा उपलब्ध गराउन समस्या भोगिरहेको कोशी प्रदेश सरकारअन्र्तगतको विराटनगरस्थित शैलजा आचार्य हृदय रोग उपचार केन्द्रलाई स्तरोन्नति गर्न सघाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले प्रतिबद्धता जनाएका छन् । 

यसका लागि मन्त्री पौडेल र कोशी प्रदेशका स्वास्थ्य मन्त्री भुपेन्द्र राईसहितको बैठकले स्तरोन्नति गरी पूर्ण क्षमतामा सञ्चालन गर्न संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गर्न लेखी पठाउने गरी निर्णय गरेको छ । 

अब कोशी प्रदेश सरकारबाट हस्तान्तरण भएपश्चात केन्द्रलाई मुटुसम्बन्धी उपचारका लागि आवश्यक उपकरण र थप पूर्वाधारको विकास गरेर सञ्चालनमा ल्याउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक समन्वय गरेर काम थाल्ने बैठकमा मन्त्री पौडेलले बताए । 

विशिष्टीकृत रोगको उपचार हाम्रो दायित्व हो, मन्त्री पौडेलले भने, सातै प्रदेशमा मुटु रोगको उपचारका लागि हामीले कार्यक्रम थालिसकेका छौं । कोशी प्रदेशमा स्थापित केन्द्रलाई सबल बनाएपछि प्रदेशलाई हस्तान्तरण गरिनेछ । गत महिना विराटनगरमा केन्द्रको निरीक्षण गरेका मन्त्री पौडेलले प्रदेश मातहत विकासमा मन्त्रालयलाई जटिलता रहेको भन्दै संघमातहत जिम्मेवारी प्राप्त भएमा स्तरोन्नतिका लागि उपकरणसहितका पूर्वाधार तयार पार्ने घोषणा गरेका थिए । 

कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले संघ सरकारलाई स्तरोन्नतिका लागि आग्रहसहित निश्चित अवधि हस्तान्तरणका लागि आवश्यक प्रक्रिया पूरा गर्ने प्रतिबद्धता जनाए । प्रदेशबाट निर्णय भएर आएलगत्तै मन्त्रालयले स्तरोन्नतिको काम थाल्ने मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए । 

मन्त्री पौडेल अध्यक्ष रहेको शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले सातै प्रदेशमा मुटुसम्बन्धी उपचार सेवा विस्तार गर्ने निर्णय गरिसकेको छ । बाँकी प्रदेशमासमेत उपचार विस्तारका लागि काम अघि बढाउने मन्त्री पौडेलको योजना रहेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  २ : ३३ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका आउन

धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवादेखि धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल फागुन ९ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ९ गते शनिबार फागुन