कैलाली समन्वय समिति प्रमुखमा कांग्रेसका उम्मेदवार पन्त « Khabarhub

कैलाली समन्वय समिति प्रमुखमा कांग्रेसका उम्मेदवार पन्त


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही मंसिर १६ गते हुने उप निर्वाचनका लागि कैलाली जिल्ला समन्वय समिति प्रमुख पदका लागि हुने निर्वाचनका लागि नेपाली काँग्रेसका तर्फबाट केशवराज पन्तलाई उम्मेदवार बनाउने भएको छ ।

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय समितिको आज बसेको बैठकले धनगढी उपमहानगरपालिका वडा न. २ का वडा सदस्य केशवराज पन्त लाई जिल्ला समन्वय समिति कैलाली प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश प्रवक्ता सुरत बहादुर रावत डोटेली कान्छाले बताएका छन् ।

निर्णय पश्चात  उम्मेदवार पन्तलाई नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका पदाधिकारीहरूले शुभकामना दिएका थिए । जिल्ला समन्वय समिति प्रमुख पदम बहादुर कलेलको निधन पश्चात रिक्त रहेको कैलाली जिल्ला समन्वय समिति प्रमुखको पदमा यही मंसिर १६ गते निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ३ : ५१ बजे

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच