चितवनमा सयपत्री फूलखेती गर्ने घटे « Khabarhub

चितवनमा सयपत्री फूलखेती गर्ने घटे


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लामा गत वर्षको तुलनामा यस वर्ष फूलखेती घटेको छ । तिहारको समयलाई लक्षित गर्दै लगाइँदै आइएको सयपत्री फूलको क्षेत्रफल यस वर्ष घटेको हो ।

फ्लोरिकल्चर एसोसिएसनका जिल्ला अध्यक्ष तेजेन्द्र सापकोटाका अनुसार गत वर्ष तिहारको समयलाई लक्षित गर्दै ५० बिगाहा क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको थियो । अहिले सो क्षेत्रफल घटेर ४० बिगाहामा झरेको छ । अहिले तिहार लक्षित फूलखेती गर्ने किसानको सङ्ख्या पनि घटेको उनले जानकारी दिए। 

उनले भने, ‘गत वर्ष राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताले फूलखेती गरेका थिए, अहिले गरेनन् ।’ गत वर्ष जिल्लामा लगाइएको फूल बिक्री हुनसमेत निकै समस्या भएको उनले बताए।

चितवनमा यस वर्षको तिहारमा तीन लाख ५० हजार फूलका मालाको माग हुने अनुमान गरिएको छ । अध्यक्ष सापकोटाका अनुसार यहाँ उत्पादित फूलले चितवनलाई पुग्ने हुँदा यस वर्ष भारतबाट आयात गर्नुपर्ने अवस्था छैन । 

गत वर्ष केही भारतीयले भारतबाट बढी फूल आयात गरिदिँदा यहाँका किसानले उत्पादन गरेका फूलले बजार पाउन नसकेको भए पनि यस वर्ष त्यस्तो अवस्था नआउने उनले विश्वास व्यक्त गरे। एसोसिएसनले जिल्लामा मालाको मूल्य तोकेको छ । उनले भने, ‘थोक मूल्य प्रतिमाला रु ६० र खुद्रा मूल्य रु १०० तय गरिएको छ ।’

जिल्लामा व्यावसायिक रुपमा फूलखेती गर्ने तीन-चारजना भएको भए पनि ‘सिजनेवल’ फूलखेती गर्नेहरु आमा समूहदेखि व्यक्तिहरुसमेत हुने गरेका छन् । एक कट्ठादेखि बिगौँ बिगाहा क्षेत्रफलसम्म फूलखेती गर्नेहरु रहेको सापकोटाले बताए। भरतपुर महानगरपालिका–७ उज्ज्वलटोलका ईश्वरकुमार श्रेष्ठले यस वर्ष १३ कट्ठा क्षेत्रफलमा फूलखेती गरेका छन् । 

जिल्लामा यस वर्ष फूलको माग बढी हुने उनले बताए। उनका अनुसार गत वर्ष भारतीय फूल बढी आयात हुँदा यहाँ उत्पादन भएका फूलमाला कम बिक्री भएका थिए । त्यस कारण गत वर्षको तुलनामा फूल उत्पादन गर्ने किसान कम हुँदा यस वर्षको तिहारमा फूलको माग बढी हुने उनले बताए ।

तिहारमा मखमली र सयपत्री फूलको माग बढी हुने गरेको छ । त्यसमा पनि सयपत्रीको माग उच्च हुन्छ । असोजदेखि फागुनसम्म विभिन्न चाडपर्व र विवाहको समय पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ ।

 पछिल्लो समय सभासमारोहमा समेत सयपत्री फूलको माला प्रयोगमा आएसँगै बाह्रै महिना फूलखेती गर्नेहरू पनि रहेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ४ : ०८ बजे

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा