उत्तरी गाजामा इजरायली हमला, ५५ जनाभन्दा बढीको मृत्यु « Khabarhub

उत्तरी गाजामा इजरायली हमला, ५५ जनाभन्दा बढीको मृत्यु


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– गाजाको उत्तरी जिल्ला बेत लाहियाको आवासीय भवनमा मंगलबार भएको इजरायली हमलमाा ५५ जनाभन्दा बढीको मृत्यु भएको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।

मंगलबार राति बेत लाहियाकामा इजरायलले प्रहार गर्दा अबु नस्र परिवारको आवासीय भवनको भग्नावशेषमा उनीहरूको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको  एजेन्सीका प्रवक्ता महमुद बासलले बताए।  

हमलामा मृत्यु भएका १५ जनाको शव कमल अदवान अस्पतालमा ल्याइएको अस्पतालका निर्देशक हुसाम अबु साफियाले जानकारी दिए। उनले घटनामा ३५ जना घाइते भएको र तीमध्ये अधिकांश बालबालिका रहेको र उनीहरूको अस्पतालमा उपचार भइरहेको बताए।

सफियाले अस्पतालमा निरन्तर मृतक तथा घाइतेहरू आइरहेको बताउँदै कर्मचारी र औषधिको अभावका कारण अस्पतालमा बिरामीहरूको उपचार गर्न गाह्रो भइरहेको उल्लेख गरे ।  

उनका अनुसार जबलियामा सैन्य कारबाहीका क्रममा अस्पतालमा आक्रमण गर्दा सेनाले चिकित्सक टोली र कामदारहरूलाई पक्राउ गरेपछि कमल अदवान अस्पतालमा प्राथमिक उपचार सामग्री बाहेक अरू केही बाँकी छैन । गत हप्ता गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले अस्पतालमा आक्रमण गरेको जनाएको थियो ।  

गत अक्टोबरदेखि सेनाले उत्तरी गाजाका जबालिया, बेत लाहिया र बेत हानुनका क्षेत्रहरूमा व्यापक आक्रमण गरेको छ । यसलाई सेनाले हमास लडाकुलाई पुनः समूहबद्ध हुनबाट रोक्नका लागि गरेको अपरेसनका रूपमा वर्णन गरेको छ ।

मंगलबार जारी विज्ञप्तिमा सेनाले विगतका दिनमा जबलियामा धेरै आक्रमण गरेको र करिब ४० जना आतंकवादीको मृत्यु भएको जनाएको छ ।  

नागरिक सुरक्षा एजेन्सीले आक्रमण सुरु भएदेखि दशौँ हजार प्यालेस्टिनी उत्तरी गाजाबाट भाग्न बाध्य भएको तथा सयौँको मृत्यु भएको रिपोर्ट गरेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ४ : १५ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा