राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइने  « Khabarhub

राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइने 


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं आयुर्वेदसँग सम्बन्धित विभिन्न संस्थाहरुले बुधबार देशभर विभिन्न कार्यक्रमसहित राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाउने भएका छन् । 

हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीमा मनाइने यो दिवस यस वर्ष ‘स्वस्थ्य जीवनशैलीमा सात्विक आहार, नागरिक आरोग्यताको मजबुत आधार’ भन्ने नाराका साथ मनाउन लागिएको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा आज आयोजित अन्तरक्रियामा बोल्दै विभागका महानिर्देशक डा। प्रदीप केसीले भने, ‘हरेक नागरिकले स्वास्थ्य जीवनशैली अपनाउनुपर्छ । अस्वस्थ जीवनशैलीले नसर्ने रोगहरू बढेका छन् । त्यसैले यो नारा हामीले रोजेका हौँ । स्वस्थ रहने, खानपिनमा ध्यान दिने, व्यायाम गर्ने कुरा सबैले बुझ्नुपर्छ ।’

उनले दिवसका अवसरमा देशभरका आयुर्वेद संस्था जस्तै सिंहदरबार वैद्यखाना, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुरलगायत विभिन्न आयुर्वेद अस्पतालमा विविध कार्यक्रम गरी मनाइने बताए । 

प्राचीनतम वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाउन लागिएको हो । धन्वन्तरी दिवसलाई राष्ट्रिय आरोग्य दिवसका रुपमा विसं २०५६ देखि मनाउन थालिएको हो ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ४ : २६ बजे

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना

साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन

कास्की– सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य

मौसम पूर्वानुमान महाशाखाको चेतावनी : तीन दिन कहाँकहाँ हुँदैछ अति भारी वर्षा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले