राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइने  « Khabarhub

राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइने 


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं आयुर्वेदसँग सम्बन्धित विभिन्न संस्थाहरुले बुधबार देशभर विभिन्न कार्यक्रमसहित राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाउने भएका छन् । 

हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीमा मनाइने यो दिवस यस वर्ष ‘स्वस्थ्य जीवनशैलीमा सात्विक आहार, नागरिक आरोग्यताको मजबुत आधार’ भन्ने नाराका साथ मनाउन लागिएको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा आज आयोजित अन्तरक्रियामा बोल्दै विभागका महानिर्देशक डा। प्रदीप केसीले भने, ‘हरेक नागरिकले स्वास्थ्य जीवनशैली अपनाउनुपर्छ । अस्वस्थ जीवनशैलीले नसर्ने रोगहरू बढेका छन् । त्यसैले यो नारा हामीले रोजेका हौँ । स्वस्थ रहने, खानपिनमा ध्यान दिने, व्यायाम गर्ने कुरा सबैले बुझ्नुपर्छ ।’

उनले दिवसका अवसरमा देशभरका आयुर्वेद संस्था जस्तै सिंहदरबार वैद्यखाना, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुरलगायत विभिन्न आयुर्वेद अस्पतालमा विविध कार्यक्रम गरी मनाइने बताए । 

प्राचीनतम वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाउन लागिएको हो । धन्वन्तरी दिवसलाई राष्ट्रिय आरोग्य दिवसका रुपमा विसं २०५६ देखि मनाउन थालिएको हो ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ४ : २६ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।