बान्द्रेले ल्याए सिरियल ‘मेरी आम्मै’ | Khabarhub Khabarhub

बान्द्रेले ल्याए सिरियल ‘मेरी आम्मै’


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टेलिसिरियल ‘मेरी बास्सै’बाट चर्चामा आएका कलाकार सुरोज चपागाईं ‘बान्द्रे’ले नयाँ सिरियल ल्याउने भएका छन् ।

बान्द्रले ल्याउन लागेको सिरियल ‘मेरी आम्मै’ हो । आगामी शनिबार (कात्तिक १७) बाट उक्त सिरियलको प्रशारण हुने उनले बताएका छन् ।

अहिले बान्द्रेसहितको टिम छायाङ्कनमा व्यस्त छ । उनी भन्छन्, ‘तिहारमा उपहार स्वरुप दर्शकलाई सिरियल दिने प्रयास गरेको छु ।’

यो सिरियल बान्द्रेकै लेखन र निर्देशन रहने बताइएको छ । यस सिरियलमा मेरी बास्सैकी (मैयाँ) सुनीता गौतमको पनि अभिनय रहने छ ।

‘मेरी बास्सै’मा बान्द्रे र मैयाँ दिदी-भाइको भूमिकामा थिए ।

बान्द्रेका अनुसार उनको नयाँ सिरियल आफ्नै युट्युब च्यानल ‘बान्द्रे नारायण’बाट प्रसारण हुनेछ । हरेक शनिबार साढे ७ बजे प्रसारण हुने उनले जनाएका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ५ : ४६ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार