विकास र वातावरण संरक्षणका काम अगाडि बढाउनुपर्छ : सञ्चारमन्त्री « Khabarhub

विकास र वातावरण संरक्षणका काम अगाडि बढाउनुपर्छ : सञ्चारमन्त्री


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विकास र वातावरण संरक्षणका काम सँगसँगै अगाडि बढाउनुपर्ने बताएका छन् ।

नेपाल वातावरण पत्रकार समूह (नेफेज)को नवनिर्वाचित कार्यसमितिसँग आज मन्त्रालयमा भएको भेटमा उनले विकास निर्माण गर्दा वातावरण संरक्षणसँगै बहुसङ्ख्यक जनताको हित पनि हेर्नुपर्ने उल्लेख गरे।

सरकारका प्रवक्ता मन्त्री गुरुङले भने, ‘विकास निर्माण गर्दा केही रूख काट्नुपरे पनि त्यसको कैयौँ गुणा वृक्षरोपण गरेर विकासमा आउने बाधा अवरोध हटाउनुपर्छ । त्यसका लागि कानुनी व्यवस्था र कार्यान्वयनमा आवश्यक सुधार गर्न जरूरी छ ।’

कानुन देखाएर विकास निर्माणमा अवरोध गर्ने र आयोजनाका नाममा जथाभावी रूख कटान गर्ने दुवै कार्य उचित नभएको धारणा व्यक्त गरे । मन्त्री गुरुङले पहिलेको तुलनामा नीतिगत रूपमा स्पष्टता आएको र कानुनी प्रावधानमा पनि सुधार भएको उल्लेख गर्दै जलवायु परिवर्तनका मुद्दामा सचेतना बढे पनि प्रचलित नारामा बहकिएर चर्चा कमाउनेभन्दा काम गर्ने व्यक्ति कम भएको जिकिर गरे । 

‘नेपालको कार्बन उत्सर्जनमा नगण्य योगदान भए पनि जलवायु परिवर्तनका असरबाट बढी प्रभावित हुनुपरेको छ । यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले गत महिना संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय मञ्चमा प्रष्ट कुरा राखिसक्नुभएको छ’, उनको भनाइ थियो । 

मन्त्री गुरुङले जलवायु परिवर्तनले नेपालको वातावरणमा पारेको प्रभावलगायत विषयलाई अन्तर्राष्ट्रियकरण गरेर क्षतिपूर्तिका लागि विश्व जगत्लाई आह्वान गर्नुपर्नेमा जोड दिए। त्यस अवसरमा नेफेजका अध्यक्ष चन्द्रशेखर कार्कीले संस्थाको कामकारबाहीका बारेमा जानकारी गराउँदै नेफेजको कार्यालय भवनको निर्माणकार्य बाँकी रहेकाले त्यसमा थप सहयोगका लागि आग्रह गरे ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ६ : ०८ बजे

पोखरा विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली जडान प्रक्रिया अघि बढ्यो

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम दृश्यताका कारण

सत्तापक्षका सांसदले हालेका संशोधन अस्वीकृत भए सदनमै छलफल गरेर सुधार्नु पर्छ : खुस्बु ओली

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले कानून निर्माणका

जर्मनीको एक अपार्टमेन्टमा आगलागी, तीन भारतीय विद्यार्थीको मृत्यु

एजेन्सी – जर्मनीको बोचमस्थित एक अपार्टमेन्ट भवनमा भएको आगलागीमा परी तीन

म्याक्स टाइगरको क्यान खोल्दा भाग्य चम्कियो, नरबहादुरलाई स्कुटर र मोहनलाई बाइक

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ मा बुटवलका नरबहादुर

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानी राजदूतबीच भेट

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत